• २०८१ बैशाख १३ बिहीबार

क्रिकेट र बलिवुडलाई जोड्दै नयाँ जोडी हार्दिक र इली !

kharibot

मुम्बई । बलिवुड अभिनेत्री र क्रिकेटरको सम्बन्ध जहिले पनि मिडियामा लाइम लाइटमा हुने गर्दछ । उनीहरुको प्रेम सम्बन्ध जहिलेपनि मिडियाका लागि मुख्य खुराक हुने गर्दछ । 

हालै भारतीय क्रिकेट कप्तान विराट कोहली र अभिनेत्री अनुष्का शर्माले विवाह गरे । केहि समय अघि क्रिकेटर जाहिर खान र अभिनेत्री सारिकाले विवाह गरे । त्यस्तै क्रिकेटर हरभजन सिंह, युवराज सिंह, मोहमद अजहरुद्धीन जस्ता खेलाडीहरुले बलिवुड अभिनेत्रीसँग विवाह गरेका छन् ।

पछिल्लो समय अहिले भारतीय टिमका युवा खेलाडी हार्दिक पाण्डेय र अभिनेत्री इली अब्राहीमको नाम जोडिएको छ । पछिल्लो केहिसमय देखि प्रेममा रहेका यो जोडीले मंगलबार एक विज्ञापनको सुटिंग सकेर बाहिर निस्किदै गर्दा पपराजीको घेराउमा परे ।

मोबाइल कम्पनी, आयल कम्पनीका ब्रान्ड एम्बेसडर रहेका हार्दिकले मुम्बईस्थित फिल्मिस्तान स्टुडियोमा आफ्नी प्रेमिका इली अब्राहीमसँग सुटिंग गरेका छन् ।

यस अघि इलीलाई हार्दिकलाई एयरपोर्टमा छोड्न जाँदा सँगै भेटिएपछि दुवैबीचको प्रेम प्रसंग मिडियामा बाहिरिएको थियो । यसबारे दुवैले सार्वजनिक रुपमा केहि नभने पनि भारतीय मिडियाले दुवैजना अहिले रिलेशनसिपमा रहेको उल्लेख गरेका छन् ।
   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै