• २०८१ बैशाख १२ बुधबार

हेटौडाबाट राजधानी हल्लाको भरमा सर्दैन : प्रचण्ड

kharibot

हेटौँडा । माओवादी केन्द्र का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हल्लाको भरमा प्रदेशको राजधानी नसर्ने बताएका छन् । 

प्रेस सेन्टर मकवानपुरले बुधबार बिहान हेटौँडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले हेटौँडामा प्रदेशको राजधानीका सबै कामहरु सुरु भैसकेको भन्दै राजधानी सार्ने हल्लाको पछि नलाग्न सबैलाई आग्रह गरेका हुन् ।

अघिल्लो सरकारले प्रदेशको राजधानी तोकेको र यहा सबै निकायहरुले काम सुरु गरिसकेकोले राजधानी अब दायाँ या बाँया नहुने उनले बताए । प्रदेशसको नामको सन्र्दभमा प्रदेशसभाले निर्णय गर्ने विषय भएको उनले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै पुर्व प्रधानमन्त्री प्रचण्डले एमाले र माओवादी केन्द्रको एकता अबको केहि दिनमानै हुने दाबी समेत गरे । आफुहरु एकताको अन्तिम चरणमा पुगेका र कार्यदलले रिर्पोट बनाएकै दिनमा ऐतिहाँसीक एकता हुने उनको भनाई रहेको छ ।

अहिलेको सरकारले समृद्धिको लागि काम गर्ने भन्दै उनले अब नेपालमा सबै तहको निर्वाचन सम्पन्न भएको र विकासको युग सुरु भएको बताए । नेपालीले चाहेको विकास अवको सरकारले पुरा गर्ने दाबी समेत उनको रहेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै