• २०८१ बैशाख १२ बुधबार

बार्सिलोनाका लिजेण्ड जाभी भन्छन् –‘डेम्बेलेले बार्सिलोनामा फाइनल परीक्षा पास गर्न बाँकी छ’

kharibot

काठमाडौँ । बार्सिलोनाका लिजेण्ड जाभी हर्नान्डेजले अउसमान डेम्बेलेले बार्सिलोनामा अझै धेरै कुरा प्रमाणित गर्न बाँकी रहेको बताएका छन् । 

गत साल जर्मनी क्लब डोर्टमण्डबाट १०५ मिलियन युरोमा बार्सिलोना आएका २० बर्षिय फ्रेन्च प्लेमेकर डेम्बेलेक बारेमा जाभीले यस्तो बयान दिएका छन् ।

बार्सिलोना आउदा इन्जुरीका कारण धेरै पछि मात्र मैदानमा उत्रिएका डेम्बेलेले बार्सिलोनाका लागि अहिलेसम्म ला लिगाका ९ खेल खेलेका छन् भने च्याम्पियन्स लिगमा २ खेल र अन्य दुइ गरि कुल १३ खेल खेलेका छन् भने एक गोल गरेका छन् ।

जाभीले डेम्बेलेले बार्सिलोनामा फाइनल परीक्षा पास गर्न बाँकी नै रहेको बताएका छन् । उनले डेम्बेलेलाई बार्सिलोनामा सेटल हुन केहि समय अझै लाग्ने भन्दै उनको क्षमतामा भने प्रश्न गर्न नसकिने बताए । जाभीले भनेका छन् – उनि धेरै छिटो छन्, उनि निकै प्रतिभावान पनि छन् तर बार्सिलोनामा अन्य क्लबमा कस्तो हुदैन, यँहा अन्य क्लबमा भन्दा तीन गुणा बढी कुराहरु जान्नै पर्ने हुन्छ ।’

डेम्बेलेमा भएको प्रतिभाको तारिफ गर्दै जाभीले उनलाई सबै भन्दा पहिला म बार्साको खेलाडी हुँ भन्ने हुनु पर्ने सुझाव दिए । यसका लागि जाभीले ‘मेन्टली’ निकै बलियो हुनुपर्ने बताए ।

जाभीले भने बार्सिलोनामा औसत खेलाडीले पनि १५ बर्ष बिताएको बताउदै किनकी उनीहरु मेन्टली निकै बलिया थिए तर निकै उत्कृष्ट खेलाडीले क्लबलाई केहि योगदान गर्न सकेनन् किनकी उनीहरुले प्रेसरलाई ह्यान्डल गर्न सकेनन् । त्यसैले डेम्बेलेलाई पनि मानसिक रुपमा बलियो हुन् सुझाव दिएका छन् ।

मानसिक रुपमा बलियो भए खेलाडी जहिले पनि उउत्कृष्ट लयमा हुने जाभिको दाबी छ ।उनले रियल म्याड्रिडका खेलाडी लुका मोड्रीच, मार्सेलो, सर्जियो रामोसको उदाहरण दिदै मानसिक रुपमा उनिहरु निकै बलियो भएको बताए ।

हालै पिएसजीविरुद्धको च्याम्पियन्स लिगको खेलमा रियल म्याड्रिडका लागि गोल गरेका लुकास भाजक्वेजको उदाहरण दिदै जाभीले भने –‘उ जित्नको लागि मैदानमा गयो र गोल गर्यो किनकी उ मानसिक रुपमा निकै बलियो खेलाडी हो ।’

बार्सिलोनामा १९९८ देखि २०१५ सम्म  खेलेका जाभीले बार्सिलोनाकाल आगी ७६७ खेल खेल्दै ८५ गोल गरेका छन् । उनि बार्सिलोनाबाट अहिलेसम्म धेरै ला लिगा खेल खेल्ने खेलाडी पनि हुन् । उनले ला लिगामा ५०५ खेल खेलेका छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै