• २०८१ बैशाख ७ शुक्रबार

उत्तर कोरियाली नेता किमद्वारा पुटिनलाई बधाई

kharibot

सोल, दक्षिण कोरिया ।  उत्तर कोरियाली नेता किम जोङ अनले रूसमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा नेता भ्लादिमिर पुटिन पुनः राष्ट्रपतिमा निर्वाचित भएकोमा मङ्गलबार वधाई ज्ञापन गरेका छन्  । 

नेता अनको सन्देशमा भनिएको छ-'रसियाली निर्वाचनबाट पुनः राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा हार्दिक वधाई छ । यहाँको नयाँ कार्यकालमा रसियालाई थप शक्तिशाली राष्ट्र बनाउन सफलता मिलोस ।' 

विश्वका कतिपय मुलुकका नेता तथा राष्ट्रप्रमुखहरूले पुटिनको विजयपछि पनि वधाई ज्ञापन गर्न ढिलाई गरिरहेका समय अनले उक्त सन्देश पठाएका हुन् । 

पुटिनको रूसको राष्ट्रपतिका रूपमा पुन निर्वाचनले रसियाली जनताले उनिप्रति देखाएको ‘सहयोग र विश्वास’लाई पुष्टि गरेको बताएका छन् । 

पुटिनको नयाँ कार्यकालमा उत्तर कोरिया र रूसबीच लामो मैत्रीपूर्ण इतिहास रहँदै आएको यसले आगामी दिनमा पनि निरन्तरता पाउने विश्वास गर्नुभएको नेता किमको सन्देशलाई उद्धृत गर्दै उत्तर कोरियाली समाचार संस्था (केसीएनए)ले जनाएको छ । 

आणविक कार्यक्रमप्रतिको मोहका कारण उत्तर कोरियामाथि विश्व समुदायबाट व्यापक प्रतिबन्धको सामना गर्दै आएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै