उत्तर कोरियाली नेता किमद्वारा पुटिनलाई बधाई

खरीबोट

सोल, दक्षिण कोरिया ।  उत्तर कोरियाली नेता किम जोङ अनले रूसमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा नेता भ्लादिमिर पुटिन पुनः राष्ट्रपतिमा निर्वाचित भएकोमा मङ्गलबार वधाई ज्ञापन गरेका छन्  । 

नेता अनको सन्देशमा भनिएको छ-'रसियाली निर्वाचनबाट पुनः राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा हार्दिक वधाई छ । यहाँको नयाँ कार्यकालमा रसियालाई थप शक्तिशाली राष्ट्र बनाउन सफलता मिलोस ।' 

विश्वका कतिपय मुलुकका नेता तथा राष्ट्रप्रमुखहरूले पुटिनको विजयपछि पनि वधाई ज्ञापन गर्न ढिलाई गरिरहेका समय अनले उक्त सन्देश पठाएका हुन् । 

पुटिनको रूसको राष्ट्रपतिका रूपमा पुन निर्वाचनले रसियाली जनताले उनिप्रति देखाएको ‘सहयोग र विश्वास’लाई पुष्टि गरेको बताएका छन् । 

पुटिनको नयाँ कार्यकालमा उत्तर कोरिया र रूसबीच लामो मैत्रीपूर्ण इतिहास रहँदै आएको यसले आगामी दिनमा पनि निरन्तरता पाउने विश्वास गर्नुभएको नेता किमको सन्देशलाई उद्धृत गर्दै उत्तर कोरियाली समाचार संस्था (केसीएनए)ले जनाएको छ । 

आणविक कार्यक्रमप्रतिको मोहका कारण उत्तर कोरियामाथि विश्व समुदायबाट व्यापक प्रतिबन्धको सामना गर्दै आएको छ । 

सम्बन्धित समाचार

राष्ट्रपति पुटिन ट्रम्पलाई भेट्न तयार : रूसी विदेश मन्त्रालय

मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूले अमेरिकी निमन्त्रणामा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट्न तयार रहेको बताएको रूसी विदेश मन्त्रालयले जनाएको छ ।  तर मस्कोले अमेरिकी विस्तृत प्रस्तावको पर्खाइमा रहेको रूसी विदेश

म्याक्रोन र पुटिनबीच टेलिफोन वार्ता, सिरिया द्वन्द बारे छलफल 

पेरिस । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले उनका रूसी समकक्षी भ्लादिमिर पुटिनसँग सिरिया द्वन्द्वलाई अन्त्य गरी शान्ति प्रक्रियालाई अघि बढाउने बिषयमा टेलिफोन कुराकानी भएको छ ।  म्याक्रोनले पुटिनसँग आफूले छलफललाई व्यापकता दिन

बलिया पुटिनमाथि चौतर्फी कूटनीतिक दबाब

काठमाडौं । गएको मार्च १९ मा रुसको राष्ट्रपति पदमा पुनः वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन नै निर्वाचित भएको समाचार आयो । यो समाचारले लभगभ विश्वमै चर्चा पायो । गएको करीब दुई दशकदेखि शक्तिको

उत्तर कोरियाली नेता किमद्वारा पुटिनलाई बधाई

सोल, दक्षिण कोरिया ।  उत्तर कोरियाली नेता किम जोङ अनले रूसमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा नेता भ्लादिमिर पुटिन पुनः राष्ट्रपतिमा निर्वाचित भएकोमा मङ्गलबार वधाई ज्ञापन गरेका छन्  ।  नेता अनको सन्देशमा भनिएको छ-'रसियाली निर्वाचनबाट पुनः