• २०८१ बैशाख ४ मंगलबार

क्युबा नीति उल्ट्याउँदै राष्ट्रपति ट्रम्प

kharibot

आफ्नो कार्यकालको उत्तरार्धमा पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले बडो मेहनतका साथ क्युबासँग गर्नु भएको बिभिन्न राजनीतिक सम्झौता र सम्बन्ध नवीकरणको कामले अबभने निरन्तरता नपाउने खतरा बढेको छ ।

एकपछि अर्काे गर्दै ओबामाका नीतिमा आँखा लाउँदै आउनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो पटक क्युबासँगको नीतिलाई उल्ट्याउने संकेत दिनुभएको छ । उहाँले करिब आधा शताब्दिपछि क्युबासँग पुनस्र्थापित दौत्य सम्बन्धका केही विषयमा पुनर्विचार गर्नुपर्ने भन्दै राष्ट्र«पति डोनाल्ड ट्रम्पले ओबामाको क्युबा–नीति उल्टाइदिने स्पष्ट संकेत गर्नुभएको छ ।

पूर्वराष्ट्र«पति ओबामाले क्युबा–अमेरिकाबीचको यात्रा प्रतिबन्ध खुकुलो बनाएको, व्यापारमाथिको कडाइलाई केही सहज बनाएको र तत्कालिन समयमा गरिएका अन्य कतिपय सुधारोन्मुख कार्यहरु केही दिन अगाडि पुनःप्रतिबन्ध लगाइएपछि दुई देशबीचको राजनीतिक सम्बन्धमा पुनः प्रश्न चिह्न खडा भएको छ ।

छिमेकी भए पनि यी दुई देशबीच निकै लामो समयदेखि शत्रुतापूर्ण सम्बन्ध रही आएको थियो । ओबामाले संसारमा सम्बन्ध विकास गरिसकेको अमेरिकाजस्तो विश्वको शक्तिशाली देशले छिमेकीसँगको सम्बन्धमा किन यति लामो समयदेखि कठोर बनेको हो भन्ने भन्ने दबाबको सामनास्वरुप क्युबासँगको सम्बन्धमा सुधार गर्नुभएको थियो । उहाँ नै क्युबा गएर अमेरिकी दूताबासको स्थापना गर्ने र अमेरिकी झन्डाको झण्डोत्तोलन गरी सम्बन्धको नवीकरण गर्नुभएको हो । यसलाई क्युबा र विश्वका कैयौँ देशले राम्रो मानेका थिए ।

विश्वका बहुसङ्ख्यक राष्ट्र«हरुसँग गाँसिएको सम्बन्ध अमेरिकाले बिगार्नुको साटो यसलाई थप सुदृढ र विस्तृत बनाउँदै लानेछ भन्ने विश्वास सम्पूर्ण विश्व समुदायलाई उहाँले दिनुभएको थियो । तर अब त्यो अनुमान गरिरहेको ठीक बिपरित केही समय अघि ह्वाइट हाउसले जारी गरेको एक विज्ञप्तिमा ओबामाको क्युबा नीतिलाई लगभग रद्ध गरेर पुरानै अवस्थामा फर्काउने गरी प्रक्रिया सुरु भएको घोषणा गरिएको छ ।

पूर्वराष्ट्र«पति बाराक ओबामाले क्युबाको ऐतिहासिक भ्रमण सम्पन्न गरेपछि क्युबाली बुद्धिजीवीले अमेरिकासँगको सम्बन्ध सुधारबाट अथाह नयाँ अवसर पाउने र राष्ट्र« लाभान्वित हुने सपना देखेका थिए । दुई मुलुकबीच ५७ वर्षदेखि रहँदै आएको स्थायी मतभिन्नता पनि चाँडै नै अन्त्य हुने सुखद् अड्कल पनि त्यतिखेर गरिएको थियो ।

यद्यपि पहिलेदेखि नै जरो गाडीबसेको दुई देशबीचको मनमुटावको अंश भने नष्टहुन बाँकी नै थियो । यस मनमुटावलाई राष्ट्र«पति ट्रम्पले मेटाउनु होला भन्ने क्युबाली र अमेरिकी जनतामा रहेको चाहनालाई झनै आश्चर्यपूर्णरुपमा बाहिर ल्याइदिनुभएको छ ।

त्यस बखत भएको अमेरिकी राष्ट्र«पतिको भ्रमणले गत अगस्टमा सुरु भएको दुई देशबीचको सम्बन्ध अगाडि रहेको तिक्तता सामान्यीकरण गर्नमा कोशेढुङ्गा सावित भएको थियो ।

एक जना क्युबाली राजनीतिक विश्लेषक हेडेलबर्टो लोपेजको शब्दमा अमेरिकी सरकारले क्युबालाई महत्व नदिँदा अमेरिकाभित्रै विरोधी शक्तिको सङ्ख्या बढ्छ र अमेरिकाकै आत्म–सम्मानमा नकारात्मक असर परिरहनेछ भन्ने कुरा बल्ल बुझेको छ ।

यस्तो सकारात्मक सोचतर्फ ध्यान नदिई हाल राष्ट्र«पति ट्रम्पले प्रतिपादन गर्नुभएको नीतिको कारण क्युबाप्रति ५७ वर्ष अघिको बैमनस्य पुनः फर्काउने गतिबिधिलाई बढावा दिन खोज्नु भएको महसूस हुन लागेको छ ।तत्कालिन समयमा अमेरिकी राष्ट्र«पतिको क्युबा भ्रमण एक अकल्पनीय घटना सत्यमा परिणत भएको क्षण थियो । वास्तवमा क्युबालीहरु अमेरिकी जनताको साथ सहयोग पाउन चाहन्छन् । त्यस बखत अमेरिकी राष्ट्र«पतिको भ्रमणले क्युबाली जनताको अमेरिकासँग आफ्नो माग र चाहना पनि उजागर हुने अवसर प्राप्त भएको थियो ।

इतिहासको लामो कालखन्डसम्म दुई प्रतिद्वन्द्वी वा शत्रुवत् व्यवहार हुँदै आएका मुलुकबीच पुनःसम्बन्ध कायम हुनुले आगामी अमेरिकी राष्ट्र«पति पदमा जोसुकै निर्वाचित भएपनि यस सम्बन्ध थप सुदृढ पार्दै लग्ने विश्वास गरिएको थियो । सम्बन्ध एकैपटक नाटकीय रुपमा विस्तार हुने पनि होइन । विस्तारै यसको विकास हुँदै जाला भन्नेमा विश्वास गरिएको थियो । तर त्यसो हुन सकेन । परिस्थितिले अर्कै रुप लियो र सम्बन्धका विगतका कैयन् प्रयासमा अवरोध उत्पन्न भएको देखियो ।

पूर्वराष्ट्र«पति ओबामा क्युबामाथिको प्रतिवन्ध तत्काल हटाउने र व्यापारिक सम्बन्ध विस्तार पनि अरू मुलुक सरह गर्ने विचारमा रहनु भएपनि रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको अमेरिकी संसद्ले भने यसमा हतार गरिहाल्नु पर्ने स्थिति नभएकोे मत राखेको थियो । त्यस मतलाई कदर गर्दै त्यसकै पक्षमा अहिले राष्ट्र«पति ट्रम्पको नीतिगत निर्णय आएको देखिन्छ । उहाँले राष्ट्र«पतिको पदभार सम्हालेलगत्तै क्युबा नीतिमा आंशिक रुपमा परिवर्तन गर्ने प्रक्रियाको सुरुवात भने गर्नुभएको थियो ।

सोही सम्बोधनको क्रममा क्युबामाथि लागू गरिएको पूर्वकानुनी बन्देज खुकुलो पारिएको बारेमा पनि पुनःविचार गरिने बताउनुभयो । साथै क्युबामा अमेरिकाले खोलेको राजदूताबास पनि बन्द गर्न लगाउनुभएको छ राष्ट्र«पति ट्रम्पले । उपराष्ट्र«पति माइक पेन्स, फ्लोरिडाका सिनेटर मार्को रुबियोसमेत उपस्थित उक्त कार्यक्रममा उहाँको भनाइलाई केही समर्थकले तालीको गड्गडाहट र “भाइभा क्युब लिब्रे”, “गड ब्लेस अमेरिका” “थ्याङ्क यु मिस्टर प्रेसिडेन्ट, वि लभ यू” जस्ता ट्रम्पका कर्णप्रिय नाराहरुले स्वागत गरेको देखिएको थियो ।

अमेरिका र क्युवाबीच सन् १९६१ देखि विग्रिएको सम्बन्ध पूर्वराष्ट्र«पति ओबामा–प्रशासन कालखन्डमा अपेक्षित सुधारोन्मुख रही निकै अगाडि बढिसकेको थियो । अमेरिकाले सन् २०१६ मा हवानामा राजदूताबास खोलेपछि क्युबा यात्रा गर्ने अमेरिकी पर्यटकहरुको सङ्ख्या ह्वात्तै बढ्नुका साथै अमेरिकी महादेशमा व्यापारिक क्षेत्र पनि फराकिलो भएको थियो ।

यता क्युबामा पनि सैनिक शासक तथा अत्यन्त कट्टरपन्थी फिडेल क्यास्ट्रोको अवसानपछि त्यहाँको जनताले आफूलाई स्वतन्त्र भएको महसुस गरेका थिए । बहुसङ्ख्यक क्युबालीको मातृभाषा स्पेनिस करोडौँ अमेरिकी जनताको प्रिय भाषासँग मिल्दछ । भाषा मिलेपछि भेषभूषा, संस्कार र विचार स्वतः मिल्ने नै भयो । अमेरिकी भ्रातृत्वको चाहना राख्ने दशौँ लाख क्युबाली जनताको सपना ओबामा प्रशासनको लचकताले पूरा हुने देखिएको थियो । तर भने अहिले पुनः पहिलेकै स्थितिमा फर्कने लक्षण देखा परेको छ ।

विश्वबाटै आतङ्कवाद निर्मूल पार्ने अभियानमा होमिएको अमेरिकालाई आफ्नो छिमेकी सानै भए पनि सुदृढ र रसियाली युद्ध प्रविधिसँग परिचित क्युबासँगको सम्बन्ध विस्तारबाट मित्रता प्राप्त हुने कुरामा दुई मत थिएन । दौत्य सम्बन्ध विस्तारबाट उसले क्युबालाई बाझाबाझ गरिरहने छिमेकीको सट्टा आफ्नो समर्थक र परिआएमा सम्पूर्ण अमेरिकी महादेश एक ढिक्का बन्नका लागि जस्तोसुकै सहयोग गर्न तत्पर एक घनिष्ठ र इमानदार सहयात्रीको रुपमा पाउने थियो । तर यस्तो अवस्था अब रहने देखिएन । त्यसतर्फ अमेरिकी राष्ट्र«पति ट्रम्पको नीति अघि बढिसकेको छ ।

रुसको विदेश मन्त्रालयले समेत केही दिन अघि गरेको टिप्पणीमा अमेरिकी राष्ट्र«पति डोनाल्ड ट्रम्पको हालको क्युबा सम्बन्धी नीतिले अमेरिका र क्युबाबीचको शीतयुद्ध पुनः ब्युँतिने भन्दै चिन्ता ब्यक्त गरेको थियो । यो संयोग पनि हुनसक्छ कि रुसको यो चिन्ता र राष्ट्रपति ट्रम्पको नीति एकसाथ मिल्न गएको छ । हालका लागि उहाँले यसअघिको ओबामा प्रशासनले अमेरिकीलाई बिदाको समयमा एक्लै र स्वतन्त्र रुपमा घुम्न जान दिने नीतिमा परिवर्तन ल्याइसक्नुभएको छ । अब अमेरिकी क्युबा पर्यटकको रुपमा जाँदा ट्राभल एजेन्ट वा टुर गाइड चाहिने छ ।

त्यसैगरी यसअघि अमेरिकीले क्युबामा र क्युबालीले अमेरिकामा लगानी गर्न, बैँकमा पैसा पठाउन र अन्य सामान्य आर्थिक कारोबारमा सहजता प्रदान गरेकोमा हालसालै तिनमा पनि प्रतिबन्ध लागेको छ । राष्ट्र«पति ट्रम्पको तर्क छ, यस्तो आर्थिक नीतिले अमेरिकीलाई कुनै फाइदा पुगेको छैन, अमेरिकी अर्थतन्त्रमा कुनै सकारात्मक परिवर्तन आएको छैन । त्यसैले अब यसमा प्रतिबन्ध लागेको छ । यी दुई नीतिमा अहिले नै गरिएको परिवर्तन र हालै उहाँले गर्नुभएको एक सार्वजनिक सम्बोधनमा क्युबामा अवस्थित अमेरिकी दूताबास बन्द गरिने भनी दिएको नीतिगत ब्यवस्थाले पनि अबका दिनमा उहाँको क्युबा नीति पहिलेकै अवस्थामा पुग्ने अनुमान अधिकतम रुपमा लगाउन सकिन्छ ।

-रासस/विभिन्न एजेन्सीहरुको सहयोगमा

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै