• २०८१ बैशाख १३ बिहीबार

टिभीएसको ‘नयाँ बर्षको सुरुवात, जिवन भरको साथ’ अफर सार्वजनिक 

kharibot

काठमाडौँ । बिगत लामो समयदेखि नेपाली बजारमा आफ्ना विभिन्न मोडेलका मोटरसाईकल तथा स्कुटरहरु बिक्रि बितरण गर्दै आएको टिभीएसले आफ्ना ग्राहकहरुका लागि नयाँ बर्षको अवसरमा नयाँ योजना सार्वजनिक गरेको छ । 

केहि समय अगाडि आफ्ना ग्राहकहरुको लागि देशव्यापी रुपमा ‘साथ छ हाम्रो’ नामक क्याम्पियन गरेको टिभीएसले नयाँ वर्षको उपलक्ष्यमा पनि आफ्ना ग्राहकहरुका लागी ‘नयाँ बर्षको सुरुवात, जिवन भरको साथ’ नामक नयाँ योजना सार्वजानिक गरेको छ ।

एक कार्यक्रम गरि सार्वजनिक गरिएको योजनाअन्तर्गत टिभीएसको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा रु ८००१ तुरुन्त प्राप्त गर्न सकिने छ, देश भरि फैलिएको टिभीएसको कुनै पनि आधिकारिक बिक्रेता तथा शोरुमबाट यो योजनाको फाइदा लिन सकिने कुरा उक्त कार्यक्रम मार्फत जानकारी गराइयो ।    

नेपाल र नेपालीहरुको महानपर्वको रुपमा रहेको नयाँ वर्ष २०७५ को पावन अवसरमा ग्राहकको सम्मान सहित उपहार स्वरुप रु ८००१ प्रदानगर्न लागिएको कुरा कम्पनीका तर्फबाट बजार प्रमुख बिक्रम पौडेलले जानकारी दिए ।

नयाँ बर्षको अवसरमा प्रदान गर्न लागिएको उक्त योजना आगामी केहि महिनासम्म उपलब्ध रहने छ । देशै भरि सेल्स, सर्भिस र स्पेर्ससहितको अत्याधुनिक सेवा प्रदान गर्दै आइरहेको टिभीएसले ग्राहकहरु प्रति समर्पित यस्ता योजनाहरु ल्याउदै आएको र भबिष्यमा पनि यो भन्दा आकर्षक योजनाहरु ल्याउने कुरा बजार प्रमुख पौडेलले जानकारी गराए ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै