• २०८१ बैशाख ११ मंगलबार

युएईविरुद्ध रशिद खानले लिए ५ विकेट, एकदिवसीय क्रिकेटमा नयाँ रेकर्डको संघारमा 

kharibot

काठमाडौँ । अफगानिस्तानका युवा क्रिकेटर रशिद खानले विश्वकप छनौटको सुपर सिक्सको युएईविरुद्धको खेलमा ५ विकेट लिएका छन्  ।  

रशिदको ५ विकेटको मद्धतले अफगानिस्तानले युएईलाई ४३ ओभरमा १७७ रन मै अलआउट गर्न सफल भएको छ  ।

रशिदले ९ ओभर बलिङगर्दै ४१ रन दिएर ५ विकेट लिएका थिए । रशिदले युएईका चिराग सुरी, शैमन अनवर, मुहमद उसमान, मुहमद नाभीद र केदर अहमदलाई आउट गरेका थिए  ।

रशिद विश्वकै उत्कृष्ट बलर रहेका रशिदको विश्वकप छनौट प्रतियोगिताको यो नै उत्कृष्ट प्रदर्शन हो  । उनले एकदिवसीय क्रिकेटमा यो सहित ४२ खेलमा ९६ विकेट लिएका छन्  ।

एकदिवसीय क्रिकेटमा छिटो सय विकेट लिने खेलाडीको रेकर्ड बनाउन रशिदलाई अब केबल ४ विकेटको आवश्यकता देखिएको छ । एकदिवसीय क्रिकेटमा छिटो सय विकेट लिने रेकर्ड अष्ट्रेलियाका मिच स्टार्कको नाममा छ । उनले ५२ खेलमा सय विकेट लिएका थिए । रशिदसँग सो रेकर्ड तोड्न अझै ९ खेल बाँकी छ ।

विश्वकप छनौटमा नेपालले हङकङलाई पराजित गरेपछि सुपर सिक्समा पुगेको अफगानिस्तानले सुपर सिक्सको पहिलो खेलमा वेस्टइन्डिजलाई पराजित गरेको थियो । सुपर सिक्समा अहिले ३ खेलमा २ अंकसहित पाचौ स्थानमा रहेको अफगानिस्तान यो सहित अब आयरल्याण्डसँगको खेल इतेर विश्वकपमा छनौट हुने प्रयासमा रहेको छ  ।      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै