काठमाडौँ । जनता बैंक नेपाल लिमिटेडले कारोवार विस्तारको २ नयाँ शाखा र ५ शाखा रहित बैकिङ्गबाट कारोवार सुरु गरेको छ ।
बाराको सिमरौनगढ शाखाबाट यहि चैत्र १ देखि र पोखराको बुढीबजार शाखाबाट यहि चैत्र ५ गते देखि कारोवार सुरु गरिएको हो ।
साथै कैलाली जिल्लाको गौरीगंगा न.पा. ६, बनवेहडा, जानकी न.पा. १, दुर्गौली र गोदावरी न.पा. ८, स्याउले बजार तथा दाङ जिल्लाको राप्तीगा.पा. ४, मौरीघाट र लमही न.पा. ३, फलकापुर गरी पाँच स्थानबाट शाखारहित बैंकिङ्ग सेवा समेत सुरु गरिएको हो ।
यससँगै बैंकले देश भरीबाट ९८ शाखा संजाल, ३१ शाखारहित बैंकिङ्ग, ३ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।