• २०८१ बैशाख १२ बुधबार

नेप्सेमा १५ अंकको उच्च गिरावट, एक सय ५९ कम्पनीहरुको ३२ करोडको सेयर कारोवार 

kharibot

काठमाडौं । साताको तेस्रो कारोवार दिन आज मंगलबार पनि नेप्से उच्च अंकले घटेको छ । 

नेप्से आज १५ दसमलव पाँच अंकले घटेर १२ सय ५५ दसमलव ४७ बिन्दुमा झर्दा सेन्सिटिभ दुई दसमलव ७९ अंकले घटेर दुई सय ६७ दसमलव ८९ बिन्दुमा झरेको छ । एक सय ५९ कम्पनीहरुको चार हजार नौ सय ४१ वटा कारोवारमा नौ लाख ६२ हजार नौ सय ५२ कित्ता सेयर खरिद बिक्री भएकाछन । 

उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ३२ करोड ८९ लाख १६ हजार चार सय ३९ रुपैयाँ पुगेको छ । 

नौ वटा समुहको कारोवार भएकोमा होटल समुहको सुचक १७ दसमलव ७९ अंकले सुधार देखिए पनि बाँकी समुहको सुचकमा उच्च अंकले गिरावट आएको छ । 

बीमा समुहको सुचक आज एकै दिन एक सय ५२ दसमलव १८ अंकले घटेर पाँच हजार नौं सय ९१ दसमलव ८६ बिन्दुमा झरेकोमा छ करोड ५२ लाख ६४ हजार दुई सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । 

बाँणिज्य बैक समुहको सुचक पनि नौ दसमलव ७९ अंकले घटेर ११ सय १७ दसमलव ९६ बिन्दुमा झरेकोमा १४ करोड ८६ लाख ७८ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

यसैगरी बिकास बैक समुहको सुचक १५ दसमलव २३ अंकले घटेर १४ सय ७१ दसमलव ११ बिन्दुमा झरेकोमा एक करोड ५७ लाख ९५ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । 

आज जलबिद्युत समुहको सुचक पनि २० दसमलव ४५ अंकले घटेर १४ सय ९० दसमलव ९३ बिन्दुमा झरेकोमा दुई करोड १९ लाख ७० हजार सात सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यि बाहेक फाईनान्स, उत्पादनमुलक, अन्य र लघुबित्त समुहको सुचकमा पनि आज उच्च अंकले गिरावट आएको छ । 

आज बढी कमाउने कम्पनीको सुचीमा परेको स्वदेशी लघुबित्त बित्तीय संस्थाको सेयर मुल्य चार रुपैयाँ ९२ पैसाले बढेर पाँच सय १२ रुपैयाँमा सेयर कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा परेको महिला सहयात्रा बित्तीय संस्थाको सेयर मुल्य छ रुपैयाँले घटेर छ सय ११ रुपैयाँमा सेयर कारोवार भएको छ । 

रकम कारोवारका आधारमा अग्रस्थानमा परेको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको १६ सय ८० रुपैयाँ अन्तिम मुल्यमा दुई करोड ६८ लाख ७८ हजार २१ रुपैयाँको सेयर कारोवार भएको छ । यसैगरी नबिल बैकको पनि आज एक हजार १५ रुपैयाँ अन्तिम मुल्यमा दुई करोड ३७ लाख ६६ हजार पाँच सय ४३ रुपैयाँको सेयर कारोवार भएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै