• २०८१ बैशाख १४ शुक्रबार

ब्राजिलका पुर्वप्रशिक्षक स्कोलारीद्वारा रोनाल्डोले चीन जानेबारे बुझिरहेको खुलासा  

kharibot

काठमाडौँ । रियल म्याड्रिडका पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले चीनको बसाई बारे बुझ्न थालेको रिपोर्ट बाहिर आएको छ । 

हाल चीनको क्लब गन्जाउ इभरग्रान्डमा म्यानेजर रहेका ब्राजिलका पुर्वम्यन्जेर फ्लिप स्कोलारी रोनाल्डोले आफूसँग चीनको बसाईका बारेमा सोधेको बताएका छन् । 

पोर्चुगलको लिस्बनमा आयोजित पोर्चगल फुटबल फेडेरेशनको क्वाइना अवार्ड समारोहमा पुगेका स्कोलारीले सो खुलासा गरेका छन् ।

स्कोलारीले आफुले चिनियाँ जीवनबारे रोनाल्डोलाई विस्तृतमा बाताएको दाबी गरेका छन् । चीनमा ठुला उद्योग रहेको, ठुला ब्रान्ड रहेको र विश्वको ठुलो देश चीनमा जाने मौका जसले पाए पनि जानु पर्ने सुझाव दिएको बताएका छन् ।

स्कोलारी सन् २००३ देखि २००८ सम्म पोर्चुगल राष्ट्रिय टिमको म्यानेजर थिए ।

रोनाल्डोले पटक पटक रियल म्याड्रिडबाट बाहिरिने मौका खोजिरहेको भएपनि सो अवसर अहिलेसम्म जुरेको भने छैन । स्कोलारीको यो भनाईलाई अन्तर्राष्ट्रिय मिडियाहरुले रोनाल्डोको सम्भावित चाइनिज सुपर लिगतर्फको आकर्षणप्रति संकेत गरेको छ । 

चिनियाँ लिगमा खेलाडीको प्रमुख आकर्षण पैसा हो । अहिले युरोप अमेरिका भन्दा चिनियाँ सुपर लिगका क्लबले खेलाडीलाई धेरै पैसा दिएर लागिरहेका छन् । ब्राजिलका ओस्कार, हल्क अर्जेन्टिनाका कार्लोस टेभेज जो हाल अर्जेन्टिना फर्किसकेका छन्, ब्राजिलकै रमीरेज प्रमुख रहेका छन् ।

हाल ३३ बर्षिय रोनाल्डोको रियल म्याड्रिडमा २०२१ सम्म सम्झौता रहेको छ । 

अवार्ड समारोहमा उत्कृष्ट खेलाडीको अवार्ड पाएका रोनाल्डोले २०१७ पोर्चुगल र आफ्नो व्यक्तिगत हिसाबले निकै महत्वपूर्ण भएको बताउदै रोनाल्डोले सो अवार्ड आफ्ना चार छोराछोरीलाई समर्पित गरेका थिए ।

उनले भन्नेहरुले जे भने पनि आफु उत्कृष्ट रहेको र सो कुरा मैदानमा प्रमाणित गरेको बताए ।     
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै