• २०८१ बैशाख ७ शुक्रबार

भुकम्प पीडितहरुको पुुर्नवासको लागि हालसम्म एक अर्ब २७ करोड कर्जा

kharibot

काठमाडौ । भुकम्प पीडितहरुको पुुर्नवासको लागि हालसम्म एक अर्ब २७ करोड ९१ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।

राष्ट्र बैकका अनुसार चालुु आर्थिक बर्षको पछिल्लो सात महिनामासम्म राष्ट्र बैकबाट पुुर्नकर्जा लिएर बैंक तथा फाईनान्स कम्पनीहरुले उक्त परिमाणमा कर्जा प्रवाह गरेका हुुन । 

राष्ट्र बैंकका अनुुसार उत्पादनशील क्षेत्रतर्पm लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ ।

२०७४ माघ मसान्तमा ११ अर्ब ८४ करोड यस बैंकले प्रदान गरेको पुनरकर्जा लगानीमा रहेको छ । भूकम्प पीडितहरूलाई बढीमा दुुई प्रतिशतसम्मको ब्याजदरमा आवासीय घर निर्माण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरूलाई शून्य ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराउने व्यवस्था अन्तर्गत २०७४ माघ मसान्तसम्ममा एक अर्ब २७ करोड ९१ लाख पुनरकर्जा उपयोगमा रहेको छ, राष्ट्र बैंकले भनेको छ । 

यसैगरी २०७४ माघ मसान्तसम्ममा नेपाल सरकारबाट पाँच प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा पनि छ हजार दुुई सय तीन जना कृषकहरुले उपयोग गरेकाछन । यस अन्र्तगत छ अर्ब ९१ करोड कर्जा बक्यौता रहेको तथा ३३ करोड ७३ लाख ब्याज अनुदान प्रदान गरेको राष्ट्र बैंकले जानकारी दिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै