• २०८१ बैशाख ८ शनिबार

६ फाइनान्समा निष्क्रिय कर्जा मापदण्डविपरीत

kharibot

काठमाडौं । कुनै पनि बैंक तथा फाइनान्स कम्पनीहरुमा निष्क्रिय कर्जा (एनपिएल) को अनुपात पाँच प्रतिशतभन्दा कम हुनुपर्छ । यो सिमा भन्दा बढी एनपीएल भएमा राष्ट्र बैंकले त्यस्ता संस्थालाई निक्षेप संकलन तथा कर्जा प्रवाहमा सिमा तोकि दिने, तत्कालको लागि शाखा विस्तार गर्न तथा नयाँ कर्मचारी भर्नामा रोक लगाउनेलगायतका कारवाही गर्ने व्यवस्था रहेको छ ।

तर सञ्चालनमा रहेका झण्डै तीन दर्जन फाइनान्सहरुमध्ये आधा दर्जनमा राष्ट्र बैंकले तोकेको न्युनतम सिमा भन्दा निकै नै उच्च दरमा निष्क्रिय रहेको छ । सञ्चालनमा रहेका झण्डै तीन दर्जन फाइनान्सहरुमध्ये हालसम्म झण्डै दुई दर्जनले आर्थिक वर्ष २०७३-०७४ को चौँथो त्रैमासिक वित्तीय प्रतिवेदन सार्वजनिक गरेकोमा छ वटा संंस्थामा खराव कर्जाको अनुपात छ दशमलव ८३ प्रतिशत देखि ९९ प्रतिसम्म देखिएको छ । यसबाहेक नौ संस्थामा यस्तो कर्जाको अनुपात एकदेखि चार प्रतिशतको हाराहारी देखिएको छ भने आधा दर्जनमा एक प्रतिशतभन्दा कम देखिएको छ ।

अपरिष्कृत वित्तीय विवरणअनुसार चुक्ता पुँजी १८ करोड ७९ लाख ४५ हजार रुपैयाँ रहेको ललितपुर फाइनान्समा ९९ दशमलव ४० प्रतिशत कर्जा निष्क्रिय रहेको छ । फाइनान्सले २०७४ असार मसान्तसम्ममा १२ करोड ७६ लाख ८४ हजार रुपैयाँ निक्षेप संकलन गरी ३७ करोड ८० लाख ४८ हजार रुपैयाँ कर्जा प्रवाह गरेकोमा १२ करोड ५३ लाख ५५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । तर यो नाफा फाइनान्सको नियमित ब्याज आम्दानीभन्दा पनि सम्भावित जोखिम व्यवस्थापन फिर्तावापत प्राप्त रकम बाट भएको हो ।

चुक्ता पुँजी २२ करोड एक लाख ९५ हजार रुपैयाँ रहेको जनरल फाइनान्समा पनि ८४ दशमलव ९३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । फाईनान्सले आव २०७३÷०७४ को चौँथो त्रैमासिक अवधिमा १० करोड दुई लाख ३९ हजार रुपैयाँ निक्षेप संकलन गरी २० करोड ८४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुुई लाख ८६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको फाइनान्सको प्रोभिजन रकम एक करोड ८२ लाख १२ हजार रुपैयाँ रहेको छ । यसैगरी अरुण फाइनान्समा पनि ७० दशमलव १८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । चुक्ता पुँजी १५ करोड रुपैयाँ रहेको संस्थाले २०७४ को असार मसान्तसम्म तीन करोड ६३ लाख १४ हजार रुपैयाँ निक्षेप  संकलन गरी एक करोड ९४ लाख ७७ हजार रुपैयाँ कर्जा प्रवाह गरेकोमा ११ लाख ३३ हजार रपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

चुक्ता पुँजी ४७ करोड ४४ लाख नौ हजार रुपैयाँ रहेको सिर्नर्र्जी फाइनान्समा पनि १९ दशमलव ५५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । फाइनान्सले उक्त आव २०७३÷०७४ को चौँथों त्रैमासमा एक अर्ब ८६ करोड ४५ लाख ७८ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ६७ करोड ८१ लाख १४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १८ करोड ११ लाख ८३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको फाइनान्सले सो अवधिमा १४ करोड ६९ लाख ७९ हजार रुपैयाँ राइट ब्याक गरेका कारण नाफा बढेको देखिएको हो ।

यसैगरी युनियन फाइनान्समा पनि १७ दशमलव सात प्रतिशत कर्जा निष्क्रिय रहेको छ । चुक्ता पुँजी १७ करोड ६५ लाख ८५ हजार रुपैयाँ रहेको फाइनान्सले २०७४ को असार मसान्तसम्म ८० करोड १६ लाख ९२ हजार रुपैयाँ निक्षेप संकलन गरी ५४ करोड चार लाख २८ हजा रपैयाँ कर्जा प्रवाह गरेको छ । जानकी फाइनान्समा पनि छ दशमलव ८३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । प्रोभिजन रकम चार करोड ६७ लाख ८१ रुपैयाँ रहेको फाइनान्सले २०७४ को असार मसान्तसम्म ११ करोड ८३ लाख ३५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै