• २०८१ बैशाख ८ शनिबार

अस्थायी शिक्षकको परीक्षा फेरी स्थगित

kharibot

फाइल तस्विर

भक्तपुर  । शिक्षक सेवा आयोगले भदौ १० गतेका लागि तोकेको अस्थायी शिक्षकको परीक्षा असोज ८ गतेसम्मका लागि सरेको छ । 

तराईमा आएको बाढी तथा डुवानको कारण सबै शक्ति उद्धार र राहतमा केन्द्रित गर्नुपरेकाले परीक्षा सार्न शिक्षा मन्त्रालयले आयोगलाई पत्राचार गरेपछि परीक्षा स्थगित गरिएको हो । 

शिक्षा ऐनमा भएको व्यवस्था अनुसार निम्न माध्यमिक र माध्यमिक तहका तृतीय श्रेणीका अस्थायी शिक्षकलाई स्थायी बनाउन आयोगले भदौ ३ गतेका लागि परीक्षा तोकेको थियो । तर केही अस्थायी शिक्षक संगठनले विरोध गरेको र बाढी पहिरोको प्रकोप बढेको भन्दै आयोगले परीक्षा भदौ १० गतेलाई सारेको थियो । 

शिक्षा ऐन संशोधनपछि शिक्षक सेवा आयोगको परीक्षा लिन शिक्षा मन्त्रालय सकारात्मक भएपछि अस्थायी शिक्षक संघर्ष समितिले जारी राखेको आमरण अनशन सोमबारदेखि स्थगित गरेको थियो । 

आन्तरिक परीक्षामा कुल १९ हजार २६५ कोटा रहेकामा १५ हजार ६९० ले आवेदन दिएका छन् । हाल २६ हजार १५१ अस्थायी शिक्षक छन् । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै