अस्थायी शिक्षकको परीक्षा फेरी स्थगित

खरीबोट

फाइल तस्विर

भक्तपुर  । शिक्षक सेवा आयोगले भदौ १० गतेका लागि तोकेको अस्थायी शिक्षकको परीक्षा असोज ८ गतेसम्मका लागि सरेको छ । 

तराईमा आएको बाढी तथा डुवानको कारण सबै शक्ति उद्धार र राहतमा केन्द्रित गर्नुपरेकाले परीक्षा सार्न शिक्षा मन्त्रालयले आयोगलाई पत्राचार गरेपछि परीक्षा स्थगित गरिएको हो । 

शिक्षा ऐनमा भएको व्यवस्था अनुसार निम्न माध्यमिक र माध्यमिक तहका तृतीय श्रेणीका अस्थायी शिक्षकलाई स्थायी बनाउन आयोगले भदौ ३ गतेका लागि परीक्षा तोकेको थियो । तर केही अस्थायी शिक्षक संगठनले विरोध गरेको र बाढी पहिरोको प्रकोप बढेको भन्दै आयोगले परीक्षा भदौ १० गतेलाई सारेको थियो । 

शिक्षा ऐन संशोधनपछि शिक्षक सेवा आयोगको परीक्षा लिन शिक्षा मन्त्रालय सकारात्मक भएपछि अस्थायी शिक्षक संघर्ष समितिले जारी राखेको आमरण अनशन सोमबारदेखि स्थगित गरेको थियो । 

आन्तरिक परीक्षामा कुल १९ हजार २६५ कोटा रहेकामा १५ हजार ६९० ले आवेदन दिएका छन् । हाल २६ हजार १५१ अस्थायी शिक्षक छन् । 


 

सम्बन्धित समाचार

अस्थायी शिक्षकले परीक्षामा भाग नलिने

 काठमाडौँ । अस्थायी शिक्षक संघर्ष समितिले आफ्ना माग पूरा नभएसम्म्म आगामी भदौ ३ गते हुने शिक्षा सेवा आयोगको परीक्षामा भाग नलिने निर्णय गरेको छ ।  समितिका उपाध्यक्ष जयनारायण ढकालले परीक्षा नसारिए

अस्थायी शिक्षक र डा. केसीको मागप्रति सरकार गम्भीरः उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले डा गोविन्द केसी र अस्थायी शिक्षकको मागप्रति सरकार गम्भीर रहेको भन्दै अनशन छोडेर वार्तामा आउन दुवै पक्षलाई आग्रह गरेकाछन् ।  सार्वजनिक शैक्षिक गुठी विद्यालय संघको

कांग्रेसद्वारा अस्थायी शिक्षकका लागि पास भए जागिर र फेल भए गोल्डेन ह्याण्डसेकको व्यवस्था गर्न माग  

काठमाडौँ । नेपाली कांग्रेसले हाल आन्दोलनरत अस्थाई शिक्षकहरुलाई स्थायी गर्न शिक्षा सेवा आयोगले लिने परिक्षामा सामेल हुन पाउने र आयोगको परिणामपछि पनि गोल्डेन ह्याण्डसेक पाउने व्यवस्था कायम राख्ने व्यवस्था गर्न सरकारसँग