• २०८१ बैशाख ५ बुधबार

कसरी शक्तिशाली बने पुटिन ?  

kharibot

काठमाडौँ । रुसको राष्ट्रपतिमा भाल्दिमिर पुटिन चौथो कार्यकालका लागि निर्वाचित भएका छन् । उनलाई रुसी जनताले ७६ प्रतिशत भन्दा बढी मत द्येर विजयी बनाएका छन् । यो जितसँगै पुटिन अब ६ बर्षका लागि राष्ट्रपति बनेका छन् ।

ठुलो जनमतका साथ् पुटिनअब रुसका शक्तिशाली राष्ट्रपति बनेका छन् । उनलाई २१औ शताब्दीका रुसका सबैभन्दा शक्तिशाली नेताका रुपमा हेरिन थालेको छ । 

सन् १९९९ मा प्रधानमन्त्री बनेका पुटिन २००० देखि २००८ सम्म राष्ट्रपति बने त्यसपछि २००८ देखि २००१२ सम्म फेरी प्रधानमन्त्री बने र २०१२ मा फेरी राष्ट्रपतिमा निर्वाचित भए । २०१२ मा राष्ट्रपतिमा निर्वाचित हुदा उनले ६४ प्रतिशत मत लाएका थिए भने यस पटक उनी त्यो भन्दा १२ प्रतिशत बढी मत ल्याएर विजयी भएका छन् ।

पुटिन रुसमा लामो समयसम्म सत्तामा रहने नेताका रुपमा रहेका छन् । अब उनि सन् २०२४ सम्म सत्तामा हुनेछन् । रुसमा मात्र होइन पुटिनको अन्तर्राष्ट्रिय राजनीतिमा पनि अहिले निकै ठुलो प्रभाव रहेको छ । सिरियामा उनको भूमीक को आलोचना भएपनि अमेरिकाको तेजबोध गर्न अहिले पुटिन सबै भन्दा ठुलो नेताको रुपमा अगाडी आएका छन् ।

उनको विगत कस्तो थियो र के कुराले उनि यति शक्तिशाली भए त भन्ने बारे केहि महत्वपूर्ण जानकारी :

पुटिन आफ्ना दुई भाईका साथ साधारण घरमा हुर्किएका हुन् । उनि २५ सालको उमेरसम्म आफ्ना माता पितासँग नै बस्दथे । गरिवी र भोकलाई नजिकबाट चिनेका पुटिनले कानुनको पढाई सकेर सन् १९७५ मा रुसको खुफिया एजेन्सीमा भर्ना भए जँहाबाट उनि रुसको सत्ताको बाटो पहिल्याउन सफल भए ।

सन् १९९९ डिसेम्बर ३१ मा तत्कालिन रुसी राष्ट्रपति बोरिस एल्सिनले विरामी भएपछि अचानक राष्ट्रपतिबाट राजीनामा दिए । त्यति बेलासम्म पुटिन राजनीतिक तरिकाले सत्ता सम्हाल्ने स्थितिमा पुगिसकेका थिए । एल्सिनले राजीनामा दिएपछि पुटिनले अन्तरिम राष्ट्रपतिको रुपमा सत्तामा पहिलो पल्ट पुगे । त्यसपछि सन् २००० मा भएको निर्वाचनमा उनलाई जनताले मत दिएर नै निर्वाचित गराए ।

रुसमा सत्तालाई आफ्नो मुठीमा राख्ने केहि धनि बर्ग र एल्सिनका समर्थकले पुटिनलाई सजिलै तोड्न सकिन्छ भन्ने बुझेर उनलाई सजिलै सत्तामा आउन दिएको पनि बताईन्छ । तर पुटिनले उनीहरुलाई गलत साबित गर्दै सत्तामा लामो समय टिक्न सफल भए ।

सत्तामा आउना साथ पुटिनको निसानामा मिडिया पर्यो । मिडियालाई नियन्त्रणमा राख्दै मिडियालाई पुटिनले सरकारका काम र आफ्नो व्यक्तिगत प्रचारलाई जनतासम्म लैजाने माध्यमको रुपमा बढी प्रयोग गराउन थाले र यो अहिलेसम्म पनि त्यसरी नै चलिरहेको छ । रुसमा हाल भएका ३ हजार टिभी स्टेशन जसले राजनीतक समाचार निकै कम दिन्छन् र दिएपनि सरकार नियन्त्रित समाचार नै बढी हुन्छन् । अहिले रुसमा स्वतन्त्र समाचार भनेको इन्टरनेट मात्र हो ।

पुटिन सत्तामा आएपछि निशानामा परेको अर्को क्षेत्रको त्यंहाको धनीमानी बर्ग जसले सत्तालाई नियन्त्रण गरेर राखेको थियो । उनीहरुको प्रभाव पुटिनले देखेपछि उनले एक एक गर्दै उनीहरुलाई बद्नाम गर्ने र आफ्नो बाटोबाट हटाउन थाले जसमा बोरिस बेरेव्सकी, ठुला टेल व्यापारी मिखाइल खोदोरकोव्सकी हुन् । उनले कतिलाई भ्रष्ट्राचारको आरोपमा जेल पठाए भने कैयौलाई देश छोड्न बाध्य बनाए ।

पुटिनले आफ्नो सत्ता यात्रालाई लम्ब्याउन केहि लोकप्रिय र महत्वपूर्ण काम गरे । उनले राष्ट्रवाद, सेना र धर्मलाई आगाडी ल्याउदै आफुलाई महान नेताको रुपमा उभ्याउने प्रयास गरे । उनले आफ्नो छबिलाई राष्ट्रवादको आडमा महान बनाउने प्रयास गरे र त्यसमा उनि सफल पनि भए । जनताले उनलाई सेनाको नजिक भएको र धर्ममा पनि दबदबा राख्न सक्ने नेताको रुपमा हेर्न थाले । साथै उनले रुसभित्र आफ्नो छबि अन्तर्राष्ट्रिय रुपमा कुनै देशको दबाबमा नाउने निडर नेताको रुपमा प्रस्तुत गरे जसले उनको लोकप्रियता निकै बढायो ।

पुटिनलाई सफल बनाउनुमा उनले अगाडी सरेको नियन्त्रित लोकतन्त्रको अवधारण हो । बाहिर लोकतन्त्रको कुरा गरेपनि पुटिनले यसलाई चारै तिरबाट घेरेर आफ्नो पूर्ण नियन्त्रमा राख्न सफल भए । नागरिक समाज र अन्य संघ संगठनलाई नियन्त्रण र कम्जोर बनाउन उनले आफैले आर्थिक मद्धत दिएर नयाँ संघ संस्था खोले । कहिँ कतै बाट आफ्नो विरोध हुनासाथ पुटिनले तुरुन्त आफुले बनाएका संघ संस्थालाई सडकमा उतार्थे जसले गर्दा उनका विरोधीहरु कमजोर हुदै गए ।

अहिले पनि उनको रणनिति त्यहि नै छ । हालै सम्पन्न निर्वाचनमा पनि प्रमुख प्रतिपक्षी दलका नेतालाई निर्वाचनमा भाग लिन समेत पाएनन् यो पनि पुटिनको रणनितिको एउटा हिस्सा नै रहेको धेरैको बुझाइ छ ।

एजेन्सीहरुको सहयोगमा 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै