• २०८१ बैशाख १४ शुक्रबार

कारको ठक्करबाट चितुवा मर्यो

kharibot

वीरगञ्ज ।  कारले ठक्कर दिँदा सोमबार पर्सा राष्ट्रिय निकुञ्जमा रहेको एक चितुवा मरेको छ । 

राति करीब ८ बजेतिर  हेटौडाबाट वीरगञ्जतर्फ आइरहेको बा१७च ५९४ नंको कारले आधाभार नजिकै चितुवालाई ठक्कर दिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभक्त आचार्यले बताए ।

जीवजन्तु प्रजातिमा चितुवा महत्वपूर्ण रहेको छ । पथलैयाबाट अमलेखगञ्जसम्म निकुञ्जको बीच बाटो भएर राजमार्ग गएकाले जनावरको ओहोरदोहोर हुने हुँदा चुनौती थपिँदै गएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै