• २०८१ बैशाख ७ शुक्रबार

मोटरसाइकल चोरी गर्ने समूह पक्राउ

kharibot

काठमाडौँ ।  महानगरीय प्रहरी परिसरले मोटरसाइकल चोरी गर्ने समूहलाई पक्राउ गरी सार्वजनिक गरेको छ । 

पक्राउ पर्नेमा रामेछापका देवराज तामाङ, बूढानीलकण्ठका सुकवीर तामाङ, राजेश शाही, आकाश नगरकोटी र विक्रम शाही रहेका छन् । उनीहरुलाई परिसरअन्तर्गत रहेको महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले आइतबार पक्राउ गरेका थिए । 

प्रहरीले सुन्धारामा चेकजाँच गर्दा चालकसँग मोटरसाइकलको सम्बन्धित कागजात नभएपछि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा मोटरसाइकल चोर्ने समूह रहेको पत्ता लगाएको हो । उनीहरुले ती मोटरसाइकल ठमेल क्षेत्रबाट चोरी गरेको प्रहरीको अनुसन्धानमा खुल्न आएको छ । 

उनीहरुको साथबाट प्रहरीले बा ३८ प ४४९२, बा ५३ प ५९१४, बा ४७ प ४६६१ र बा ४५ प ८५३५ नं को मोटरसाइकल र बा ४७ प ४६६९ नम्बरको स्कुटर बरामद गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै