• २०८१ बैशाख १३ बिहीबार

प्रदेश ५ मा मन्त्रिपरिषद विस्तार, को को भए मन्त्री ?

kharibot

रुपन्देही ।  प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिमण्डल बिस्तार गरेका छन् । विस्तार सँगै प्रदेश ५ मा मन्त्रिपरिषद ६ सदस्यीय भएको छ ।

बिस्तारित मन्त्रिपरिषदमा एमालेका लिला गिरीलाई उद्योग ,पर्यटन र बन तथा बाताबरण मन्त्रालय , माओवादी केन्द्रका सुर्दशन बराललाई सामाजीक विकास र एमालेकी आरती पौडेललाई कृषि तथा सहकारी एबं भूमि व्यवस्थापन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

नवनियुक्त मन्त्रीपरिषदका सदस्यहरुलाई प्रदेश प्रमुख उमाकान्त झाले आज पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् । यसअघि माओवादी केन्द्रका कुलप्रसाद केसी आन्तरीक मामिला र बैजनाथ चौधरी भौतिक पूर्वाधार विकासमन्त्री बनिसकेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै