• २०८१ बैशाख १३ बिहीबार

नेप्से बढे पनि सेयरबजारमा ७२ करोडको मात्रै सेयर कारोबार

kharibot

काठमाडौं । लगातार घटेको नेप्सेमा साताको तेस्रो कारोबार दिन आज मंगलबार भने सुधार देखिएको छ । नेप्से आज दुुई दशमलव ४८ अंकले बढेर १६ सय १४ दशमलव पाँच विन्दुमा चढेको छ भने सेन्सिटिभ शून्य दशमलव ५२ अंकले बढेर तीन सय ३९ दशमलव ३८ विन्दुमा चढेको छ ।

एक सय ६१ कम्पनीहरुको ११ हजार छ सय ५० वटा कारोबारमा १७ लाख ८९ हजार एक सय चार कित्ता सेयर खरिद बिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोबार रकम ७२ करोड ३१ लाख ६६ हजार छ सय ५१ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज सबैगरी कुुल आठ वटा समूहको कारोबार भएकोमा फाइनान्स र उत्पादमुुलक सूचक घटेको छ भने बाँकी समूहको कारोबार सूचक बढेको छ । जलबिद्युुत समूहको सूचक ११ दशमलव ३६ अंकले बढेर १८ सय ५७ दशमलव ६८ विन्दुुमा चढेकोमा छ करोड ५७ लाख २६ हजार दुुई सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । बीमा समूहको सूचक आठ दशमलव १५ अंकले बढेर नौ हजार एक सय ३४ दशमलव ४४ विन्दुुमा चढेकोमा २० करोड २० लाख ९३ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

अन्य समूहको सूचक सात दशमलव ५२ अंकले बढेर सात सय १८ दशमलव ७० अंकमा विन्दुुमा चढेकोमा ५८ लाख ९३ हजार एक सय ४० रुपैयाँको सेयर खरिद बिक्री भएको छ । बाँणिज्य बैंक समूहको सूचक पनि आज एक दशमलव दुुई अंकले बढेर १५ सय दशमलव ९९ विन्दुमा चढेकोमा २४ करोड ७५ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ । होटल र विकास बैंक समूहको सूचक पनि आज बढेको छ । फाइनान्स र उत्पादनमुुलक समूहको सूचक भने घटेको छ  ।

आज बढी कमाउने कम्पनीको सुचीमा परेको हिमालयन पावर पार्टनरको प्रतिकित्ता सेयर मूल्य सात रुपैयाँ ४४ पैसाले बढेर तीन सय ९० रुपैयाँमा प्रतिकित्ता सेयर कारोबार भएको छ भने बढी गुुमाउने कम्पनीको सुचीमा परेको हिमालन डिष्ट्रिलरी प्रालीको सेयर मूल्य तीन रुपैयाँ ८९ पैसाले घटेर १२ सय ३३ रुपैयाँमाँ प्रतिकित्ता सेयर कारोबार भएको छ ।

रकम कारोबारका आधारमा अग्रस्थानमा परेको हिमालयन पावर पार्टनरको तीन सय ९० रुपैयाँ अन्तिम मूल्यमा चार करोड ७९ लाख सात हजार ५५ रुपैयाँको सेयर कारोबार भएको छ ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै