परम्परालाई कायम राखे रुपान्तरण गाह्रो हुन्छ

खरीबोट

परापुर्वकाल देखि चल्दै आएका चलन र व्यवहारहरु सबै खराव थिए भत्रु गलत हुन आउँछ । हाम्रा पुर्खाहरु धेरै अर्थमा वैज्ञानिक थिए भन्दा अतियुक्ति नहोला । पुर्खाले कृषि सभ्यतालाई स्वाभिमानका साथ जोगाएका थिए । योग,तुलसी,दुवो वरपीपल,वनजंगल, मठ,मन्दिर,पाटीपौवाहरु, विधिको विधान यसका उदाहरण हुन् । शिक्षाको कमिले होला धर्म र सँस्कृतिको निहुमा कतिपय कुराहरु अन्धविश्वासी र रुढिबादि भने थिए ।

पुर्खाहरुले प्रयोग गरेका राम्रा र उपयोगि कुराहरुलाई महत्वका साथ निरन्तरता दिइ वैज्ञानिक विश्लेषणको आधारमा सँरक्षण गरी अन्धविश्वासी र रुढिबादि परम्पराहरुलाई परित्याग गरेमा समाजले आफ्नो पहिचान सहित विकाश तिर फड्को मार्न सक्छ । फड्को मार्ने भन्दैमा राम्रा र उपयोगि, ज्ञान, शीप र अनुशासनका कुराहरुलार्इ ध्यान नदिइ आधुनिकताका नाममा पश्चिमा सँस्कृतिलाई अनुसरण गर्दै अर्काको पछि दौडिदा देश र समाज सुहाउँदो नहुन पनि सक्छ । समाजिक रुपमा चल्दै आएका खराव परम्पराहरु जस्तैः धनी–गरीव वीचको वर्र्गीय विभेद, लैङ्गिक, जातीय, धार्मिक तथा भेोगोलिक आधारमा गरिने विभेदका व्यवहारहरु समाज विकाशका वाधक हुन । शिक्षा र चेतना बिना समाजमा जरा गाडेर बसेका यस्ता कुरीतिहरुमा परिवर्तन ल्याउनु कठिन कार्य हो ।

समाजलाई विकाशको वाटोतर्फ लैजाने हो भने सामाजिक विभेद तथा कुरीतिहरुलाइ हटाउनु आजको आवश्यकता हो । सभ्य र लोकतान्त्रिक समाजको निर्माण गर्न चेतनामा परिवर्तन हुन जरुरी हुन्छ । लोकतन्त्र र समानता भाषणमा मात्र फलाकेर प्राप्त हुने कुरा होइनन् यो त मानिसको चिन्तन, साँेच र व्यवहारवाट स्थापना गर्न सकिने कुरा हो । सभ्य समाज बत्र चेतनामा परिर्वतन (विकाश) हुनुपर्दछ,। चेतना विनाको आडम्वरी व्यवहारले त झन वर्गीय विभेदको श्रृजना गर्दछ । शिक्षा यसको वलियो आधार हो । गरीवी हाम्रो शत्रु हो । सामाजिक विभेद अन्तको लागि व्यतिm धनी र वलियो होइन राज्य धनी र वलियो हुनुपर्दछ ।

लोकतन्त्र र समानता भाषणमा मात्र फलाकेर प्राप्त हुने कुरा होइनन् यो त मानिसको चिन्तन, साँेच र व्यवहारवाट स्थापना गर्न सकिने कुरा हो । सभ्य समाज बत्र चेतनामा परिर्वतन (विकाश) हुनुपर्दछ,। चेतना विनाको आडम्वरी व्यवहारले त झन वर्गीय विभेदको श्रृजना गर्दछ । शिक्षा यसको वलियो आधार हो । गरीवी हाम्रो शत्रु हो । सामाजिक विभेद अन्तको लागि व्यतिm धनी र वलियो होइन राज्य धनी र वलियो हुनुपर्दछ ।

हाम्रो देशमा यसको ठीक बिपरित भएको देखिन्छ । राज्य गरीव छ, व्यक्ति धनी र शक्तिशाली छन, सरकार कमजोर र अस्थिर छ,, सरकारी बिद्यालयहरु विना बिद्यार्थीका भएका छन,सरकारी अस्पतालहरु गरीवको लागि मात्र भएका छन् ।बिद्यालयहरु,क्याम्पस,मठ,मन्दिर,पाटीपौवाहरु,हस्पिट ल,बाटा,पुल, पानीका धारा, सरकारी भवन,उद्योग कलकारखाना सवै जीर्ण अवस्थामा पुगेका छन् । तर नीजि अस्पताल, विद्यालय, क्याम्पस निकै मौलाएका छन । सरकारी भनेपछि न त राज्यले प्रवाह गर्ने सेवा र सुविधामा जनतालाई विश्वास छ, न त यो सवै हामी जनताको हो हामीले सँरक्षण गर्नुपर्छ भत्रे भावना नै देख्न पाइन्छ । तर सरकारी जागिरको लागि भने सवैजना तछाड मछाड गरेको अवस्था छ । समानताको नाममा छुट्टाइएका जनजाति,दलित,मधेशी र महिलाका कोटाहरु सम्नत्र र पढालेखा परिवारका लागि तालुमा आलु फले समान भएको देखिन्छ ।

वढुवा, पदोत्रतीे, बिदेश भ्रमण र सरकारी सम्पतिको (गाडि,भवन,विजुली,पानी,इन्धन) दुरुपयोग निकै भएको देखिन्छ र सुन्नमा आउँछ तर जनता र राष्ट्रको लागि राम्रो काम गर्नेमा कसैको नाम चर्चामा यदाकदा मात्र आउँछ । राम्रोकाम गरेर सम्मान गर्ने भन्दा पनि वढुवा र पदोत्रती हुनासाथ सम्मान गर्ने, वधाई दिने,खादा लगाउने चाकडीप्रथाको विकाश भएको देखिन्छ । श्रमजीवीलाई हेर्ने दृष्टिकोणमा कुनै परिर्वतन आएको देखिदैन । गाउँमा चेतना र शिक्षाको अभावमा अन्धविश्वास र रुढिबादिले जरा गाडेकोे छ,, गरीवी र जातिय, लैङ्गिक विभेद व्यापक छ तर सवैलाइ काठमाण्डौ कै जागिर चाहिन्छ, गाँउमा काम गरे त सानो भइन्छ भन्ने भावनाको विकाश भएको देखिन्छ सम्मानको त कुरैछाडौ। लैङ्गिक समानता,जातीय विभेदको अन्त,गरिवी निवारण,जनजातिका हक अधिकारका लागि वैदेशिक सहयोगमा सँचालित विभित्र सरकारी तथा गैह्रसरकारी सँघ सँस्थाहरुले जतिसुकै कोठे सभा,गोष्ठि,सेमिनार महिला दिवस आयोजन गरे पनि महिला हिँसा, छोइछुतो कानुनका कितावमा लैङ्गिक समानताका सम्वन्धमा लेखिएता पनि छाउपडिप्रथा, महिनावारी (छोइछुतो) मा गरिएका पाप कटाउन भनी गर।इने ऋषिपञ्चमी पुजा गर्न महिलाहरुलाई सरकारले विदा दिने प्रथा कायम नै छ । छोरीलाई गुन्यूुचोलो दिने,कन्यादान गर्ने, दाइजो,भव्यपार्टी दिने जस्ता प्रचलन उच्चवहोदाका व्यक्ति, महिला अधिकार कर्मी, र्चिर्चत नेता तथा समाजिक कार्यकर्ताहरुबाटै गरेको देखिन्छ । एकाइशौ शताब्दीमा पनि कन्यादान गरी पुण्य कमाउने रे तर देशदोहन गरी कमाएको धनले भोजभतेर गरेर दाइजो,गहना दिएर आडम्वर देखाउने चलन हावी भएको छ । के मानिस दान गर्ने कुनै वस्तु हो? के सवै नेपालीहरुको विवाह यसरी नै गर्न सम्भव छ ?

के हामीलाई थाहा छ १०० दाना चामल तौलिदा औसतमा १४.७५ ग्राम हून्छ, । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको जनसंख्या २,६४,९४,५०४ छ । प्रत्येक नेपालीले १ सिता भात फालेमा ३,९०५ केजी चामल फालिन्छ । एक केजीले सरदर ३ जनालाई एकछाक पुग्दछ यसरी ११,७१५ जनाले एकछाक खान पाउँछन ।

परम्परालाई कायम राख्ने भन्दैमा खराव कामलाइ निरन्तरता दिनुपर्छ भन्ने छैन। जन्मदिन,व्रतबन्ध,विवाहमा तडक भडक देखाउने उदेश्यले गरिने भोजभतेरहरु फजुल खर्चका सँकेत हुन, जसबाट न त स्वास्थ्यमा राम्रो हुन्छ न त सामाजिक परिपाटिमा सुधार आउँछ । यस्ता भोजभतेरहरुमा गरिने खाना नोक्सानीले त कैयौं असहाय नेपालीहरु जसले भोकै रात विताउनु पर्ने हुन्छ उनीहरmलाइ सहयोग गर्नसके कैयौं छाक टर्न सक्छ । के हामीलाई थाहा छ १०० दाना चामल तौलिदा औसतमा १४.७५ ग्राम हून्छ, । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको जनसंख्या २,६४,९४,५०४ छ । प्रत्येक नेपालीले १ सिता भात फालेमा ३,९०५ केजी चामल फालिन्छ । एक केजीले सरदर ३ जनालाई एकछाक पुग्दछ यसरी ११,७१५ जनाले एकछाक खान पाउँछन । पेटपाल्न रोजगारी नपाएर दैनिक १५०० नेपाली युवा विदेशतिर लागिरहेको अवस्थामा दैनिक पार्टीिप्यालेसहरुमा देखिने तडक भडकले त के नेपालीहरु ग्।रीव छन त भनि सोच्नै पर्ने देखिन्छ । तीज, जन्मदिन,व्रतबन्ध,विवाह र वनभोज पनि पार्टीिप्यालेसहरुमा ! महिलाहरुलाई चुल्होचौको वाट मुक्ति ! महँगा सुट,घडी, मोबायलफोन, बुटिकका सारी,रानीहार,मँगलसुत्र,जन्तर,नौगेडी, शीरमाचन्द्रमा हातमा सुनका बाला छड्केतिलहरीमा सजिसजाउ सहभागिहरु ! परम्परालाइ अनुसरण गर्ने नाममा श्रावण महिना लागेदेखि घर देखि कार्यालय सम्मका दरखाने चलन,मादकपदार्थको सेवन,जुवातास के यो अग्रगमन होे? महिला मुक्तिको छलाङ्ग ! के हामीले खोजेको विकाश र समानता यहि हो ? यस्तो गर्न कहाँवाट खर्च पुगेको छ ? के यहि हो लोकतन्त्र र समावेशी समाज ?

सभ्य,भव्य र स्वतन्त्र समाजको स्थापना गर्न परिवर्तनको आवश्यकता पर्दछ, परिर्वतन आफैले शुरु गर्नुपर्दछ जुन सादा जीवन उच्च विचार र परिश्रमबाट मात्र सम्भव छ । जनताबाट उठाएका राजश्वले ऐतिहासिक मठ,मन्दिर,पाटीपौवाहरु, धार्मिक स्थलहरु,चौतारी चिन्ने वरपीपल,समी लगाउने, हस्पिटल,बाटा,पुल पानीकाधारा, सरकारी भवन, बिद्यालयहरु,क्याम्पस र सामुदायिक भवनहरुको मर्मत,निर्माण र सँरक्षण गरिनु पर्दछ । पुर्खाले देखाएको बाटोलाई आत्मसाथ गरी आफ्नो मौलिकतामा प्रगति गर्न स्थानिय श्रोत र साधनको प्रयोग गरी उद्यमशीलताको विकाश गनर्,े कृषि, पशु र वनजन्य उद्योगहरुको विकाश गरि युवाजनशक्तिलाइ देश मै रोजगारीे श्रृजना गर्नुपर्दछ,। गरीव,अशहाय,भित्र क्षमता भएका र निमुखाको लागि जीविकोपार्जनका सवै श्रोतहरुको व्यवस्था गर्दै शील्पि समुदायका शीपहरुलाइ स्तरोत्रति गरी उनीहरुको पहिचानको विकाश गर्नु राज्यको दायित्व हो । गाउँमा चेतना र शिक्षाको अभावमा अन्धविश्वास र रुढिवादले जरा गाडेको छ , गरीवी र जातिय विभेद व्यापक छ ,कृषिका क्षेत्र,वनक्षेत्रहरुमा,शिक्षा,स्वास्थ,उद्यम विकाशको लागि नयाँ प्रविधिको खाँचो छ ।

कन्यादान भत्रे शब्दको प्रयोग गर्नृहुदैन मानिस दान गर्ने वस्तु होइन ! दान गर्नुछ भने रत्तदान, आँखादान, भुमीदान, श्रमदान, अन्नदान,धनदान र शिक्षादान गर्नुपर्छ धेरै ठाउँ र क्षेत्रहरुमा यिनीहरुको खाँचो छ ।

उच्चपदस्थ कर्मचारीको खाँचो कर्मस्थलमा छ । नीति र प्रविधि कागजमा वनाएर मात्र हुँदैन व्यवहारमा उतारनु आजको आवश्यकता हो । ज्ञान प्राप्त गरेकाले गरेर देखाउनु पर्दछ, अह्राउन मात्र कर्मचारी भएर हुन्छ र ? दान, सेवा र सहयोगलाई निरन्तरता दिई अनुशासन, शान्ति र सदभाव स्थापना गर्नु पर्दछ तर तडक भडक देखाउने उदेश्यले गरिने फजुल खर्चहरु बन्द गरिनु पर्दछ,। खानेकुरा फाल्नु एक जघन्य अपराध हो भत्रे कुरा स्थापित गर्नुपर्दछ । धर्म र पितृसत्ताको आडमा महिला माथि लगाइएका अन्धविश्वासी र रुढिबादि परम्पराहरुलाई परित्याग गरी महिलाहरुलाइ सशक्तिकरण गर्न नारीलाई दासी वनाउने जुनसुकै प्रचलनलाई निरुत्साहित गरिनुपर्दछ । कन्यादान भत्रे शब्दको प्रयोग गर्नृहुदैन मानिस दान गर्ने वस्तु होइन ! दान गर्नुछ भने रत्तदान, आँखादान, भुमीदान, श्रमदान, अन्नदान,धनदान र शिक्षादान गर्नुपर्छ धेरै ठाउँ र क्षेत्रहरुमा यिनीहरुको खाँचो छ ।  हाम्रो कृषि सभ्यता र योग विश्व विजयी छ यिनैको विकाशबाट शिखर चढनु पर्दछ, श्रमजीवि वर्गको सम्मान गर्दै सिद्घान्तलाई व्यवहारमा लागु गरी आर्थिक र समाजिक अधिकारद्वारा समानता स्थापना गर्न सकिन्छ, यसैमा देशको मौलिकता भेटिन्छ ।

स्वस्थ खाना, सादा जीवन, परोपकार र परिश्रमले उच्चविचारको विकाश हुन्छ जसबाट सकरात्मक परिर्वतन संभव छ । लोकतान्त्रिक र समावेशी समाजको निर्माण गर्ने हो भने सकरात्मक परिर्वतनको खाँचो छ, परम्परालाई कायम राखे रुपान्तरण गाह्रो हुन्छ । नयाँ कुराको अनुसरण गर्न सजिलो हुन्छ तर पुरानो कुरालाइ त्याग्न धेरै कठिन हुन्छ । कृत्रिम गतिविधि सृष्टिको गति होइन ।

सम्बन्धित समाचार

परम्परालाई कायम राखे रुपान्तरण गाह्रो हुन्छ

परापुर्वकाल देखि चल्दै आएका चलन र व्यवहारहरु सबै खराव थिए भत्रु गलत हुन आउँछ । हाम्रा पुर्खाहरु धेरै अर्थमा वैज्ञानिक थिए भन्दा अतियुक्ति नहोला । पुर्खाले कृषि सभ्यतालाई स्वाभिमानका साथ