• २०८१ बैशाख ७ शुक्रबार

बक्स अफिसमा जम्दै अजय देवगनको फिल्म ‘रेड’

kharibot

मुम्बई । बलिवुड अभिनेता अजय देवगनको फिल्म रेडले पहिलो तीन दिनमा भारतीय बक्स अफिसमा ४१ करोडको व्यापार गरेको छ ।

शुक्रबार रिलिज भएको यस फिल्मले पहिलो दिन साढे १० करोड भारतीय रुपैयाको व्यापार गरेको थियो भने दोस्रो दिन शनिबार १३ करोड ८० लाख र तेस्रो दिन आइतबार १७ करोड व्यापार गरेको फिल्म विश्लेषक रमेश बालाले जानकारी दिएका छन् । 

फिल्मले २०१८ मा रिलिज भएका फिल्मको तुलनामा पद्मावत पछि दोस्रो उत्कृष्ट सुरुवात गरेको छ । पद्मावतले पहिलो दिन २४ करोडको व्यापार गरेको थियो ।  त्यस्तै अक्षयकुमारको फिल्म प्याडम्यानले पहिलो दिन १० करोड २६ लाखको ब्यापार गरेको थियो । प्याडम्यानले अहिलेसम्म ८० करोडको ब्यापार गरेको छ ।

भारतको उत्तर प्रदेश राज्य लखनउको एक कर अधिकारीको १९८० को जीवनीमा आधारित फिल्म रेडले पहिलो दिन राम्रो सुरुवात गरेकाले पहिलो हप्तामा ५० करोडभन्दा बढीको ब्यापार गर्न सक्ने अनुमान फिल्म विश्लेषकहरुले गरेका छन् ।

फिल्ममा प्रमुख भूमिका निभाएका अभिनेता अजय देवगन र अर्का अभिएन्त सौरभ शुक्लाको अभिनयको निकै तारिफ गरिएको छ ।  फिल्ममा अभिनेत्री इलियाना डिक्रुजले पनि अभिनय गरेकी छन् । 

यस फिल्मको सेटेलाइट अधिकार ५० करोडमा बिक्रि भैसकेको छ । फिल्मलाई राजकुमार गुप्ताले निर्देशन गरेका हुन् ।
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै