• २०८१ बैशाख ८ शनिबार

एनआइसी एशिया बैंक लिमिटेडको मलेसियाबाट इनवार्ड रेमिटेन्स सुरु 

kharibot

काठमाडौँ ।  एनआइसी एशिया बैंक लिमिटेडले म्याक्स मनिसँगको सहकार्यमा मलेसियाबाट इनवार्ड रेमिटेन्सको सुरुवात गर्न लागेको छ । 

बैंकले यस सम्बन्धमा म्याक्स मनि मलेसियासँग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेसँगै मलेसियाबाट इनवार्ड रेमिटेन्स सुरु गर्न लागेको हो । 

उक्त सम्झौता अनुसार म्याक्स मनिको मलेसियामा अवस्थित २१ वटा शाखाहरुबाट नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी एनआइसी एशिया रेमिट मार्फत पठाएको विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको १८४ वटा शाखाहरु र ४,६०० भन्दा बढि सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै