• २०८१ बैशाख ८ शनिबार

एपेक्स घोटाला प्रकरणमा लगानी कोषका बहालवाला कर्मचारी पनि पक्राउ 

kharibot

काठमाडौँ । तत्कालीन एपेक्स डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा नागरिक लगानी कोषका बहालवाला कर्मचारी पनि तानिएका छन् ।

केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) ले एपेक्स बैक घोटाला प्रकरणमा नागरिक लगानी कोषमा कार्यरत छविरमण अधिकारीलाई पक्राउ गरेको हो । 

सिआईबीका प्रवक्ता जिवन श्रेष्ठका अनुसार अधिकारीलाई तत्कालीन एपेक्स बैंक घोटाला प्रकरणमा  संलग्न भएको अभियोगमा पक्राउ गरिएको हो । पक्राउ परेका सबै अभियुक्तहरुलाई आज आईतबार नै काठमाडौं जिल्ला अदालतबाट बैकिङ कसुर तथा सँजाए ऐन अन्र्तगत थप अनुसन्धानको लागि सात दिनको लागि म्याद थप गरिएको प्रवक्ता श्रेष्ठले बताएकाछन । 

सिआईबीले नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.मा २०७२ मंसिर ११ गते मर्जरमा जाने सहमतिपत्रमा हस्ताक्षर गरे पश्चात मर्जरको फाइदा उठाउँदै तत्कालीन एपेक्स डेभेलपमेन्ट बैंकले दरबारमार्ग, लोकन्थली, इटहरी, सुर्खेत र नेपालगञ्ज शाखाबाट अनियमित प्रक्रियाबाट कर्जा प्रवाह गरी बैंकलाई एक अर्ब ५० करोड ९६ लाख ३३ हजार नौ सय ८४ रुपैयाँ हानी–नोक्सानी पुयाउने मध्येका १३ जनालाई शुक्रवार पक्राउ गरेको थियो ।

पक्राउ पर्नेहरुमा तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका अध्यक्ष विष्णुप्रसाद धिताल, सोही बैंकका ३ जना संचालकहरु ईच्छाबहादुर गुरुङ, सुवर्णराज भण्डारी तथा मधुवनलाल श्रेष्ठ, सोही बैंकका निमित्त कार्यकारी अधिकृत ऋषिराज भट्ट, सोही बैंकका वरिष्ठ प्रबन्धक दुर्गादत्त जोशी, सोही बैंकका सहायक महाप्रबन्धक रामचन्द्र बसौला, सोही बैंकका शाखा प्रबन्धक बिकास श्रेष्ठ, सोही बैंकका लोकन्थली शाखा प्रमुख सागर नेउपाने, सोही बैंकका शाखा प्रबन्धक मानबहादुर राउत, सोही बैंकका सहायक महाप्रबन्धक विनितमणि उपाध्याय, सोही बैंकका कर्जा अधिकृत मोहन खरेल र सोही बैंकका शाखा प्रबन्धक सुदिप थापा रहेका छन् । 

 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै