• २०८१ बैशाख १३ बिहीबार

भूकम्पको बेला भागेका कैदी पक्राउ 

kharibot

काठमाडौँ । विनासकारी महाभुकम्पबाट सिन्धुपाल्चोक जिल्लाको कारागार पूर्ण रुपमा भत्कन गई उक्त कारागारबाट भागीका एक फरार कैदी पुन पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान भब्युरो सिआइबीका अनुसार फरार रहेका २१२ जना कैदी तथा थुनुवाहरु मध्येका कर्तव्य ज्यान मुद्दामा २० बर्ष कैद भई, कैद भुक्तान गरीरहेका जिल्ला सिन्धुपाल्चोक भोताङ्ग गा.वि.स. वडा नं. २ स्थायी वतन भई हाल काठमाण्डौं मूलपानी बस्ने बर्ष ६१ का मान लामा भागी फरार रहेकोमा उनलाई काठमाण्डौं मुलपानीबाट आइतबार पक्राउ गरिएको छ ।

लामालाई आजै कारागार कार्यालय सिन्धुपाल्चोक पठाइएको सिआइबीले जानकारी दिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै