• २०८१ बैशाख ७ शुक्रबार

राष्ट्रियसभाको उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार दाहाल विजयी

kharibot

काठमाडौं ।  राष्ट्रियसभाको उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार शशिकला दाहाल विजयी भएकी छन् । 

संसद भवन नयाँ वानेश्वरमा भएको चुनावमा दाहालले ४५ मत ल्याएर विजयी भएकी हुन् । नेपाली कांग्रेसकी बृन्दादेवी आले रानाले केबल ११ मत पाएकी छन् ।

राष्ट्रियसभामा एमालेका २९ र माओवादी केन्द्रका १३ गरी वाम गठबन्धनका ४२ जना सांसद रहेका छन् । त्यस्तै कांग्रेसका १३, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका २-२ सांसद रहेका छन् ।

आजको राष्ट्रियसभा बैठकमा ५६ जना सांसदको उपस्थिती रहेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै