• २०८१ बैशाख १४ शुक्रबार

जेठाजुबाट बुहारीलाई मिर्गौला दान

kharibot

काँकडभिट्टा । झापाका पत्रकार माया पकुवाललाई मिर्गौला प्रत्यारोपण गरिएको छ । 

भद्रपुरबाट प्रकाशन हुने ‘वरुण’ साप्ताहिकका सम्पादक पकुवाललाई उहाँकै जेठाजु सौरभले काठमाडौंस्थित भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रमा बिहीबार मिर्गौला दान गरेको परिवारले जनाएको छ । 

दश महिनाअघि रक्तचाप घटबढ भइरहने र ज्वरो आइरहने भएपछि पकुवाल उपचारका धरानस्थित बिपी मेमोरियल अस्पताल गएका थिए । उपचारका क्रममा चिकित्सकले उनका दुवै मिर्गौला खराब भएको र प्रत्यारोपण गर्न सुझाव दिएपछि श्रेष्ठ परिवार कसले मिर्गौला दान दिने भन्नेबारेमा छलफलमा जुटेको थियो । 

सोही अवसरमा सौरभले आफ्नो मिर्गौला दान दिँदा मायाको स्वास्थ्य स्थिति राम्रो हुन्छ भने दिन आफू तयार रहेको बताएका थिए । मिर्गौलाको सफल प्रत्यारोपण भएको सौरभकी पत्नी करुणाले बताए । उनका अनुसार हाल दुवैको स्वास्थ्य सामान्य छ । झापामा २०६४ सालमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि उहाँकै नाताले बुहारी पर्ने अञ्जान ओलीले मिर्गौला दान गरेका हुन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै