राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन आज हुदै

खरीबोट

काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन आज हुदै छ । 

उपाध्यक्षका लागि दुईजनाको उम्मेदवारी परेको छ । उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का शशिकला दाहाल र नेपाली काँग्रेसका वृन्दादेवी आले (राना) को उम्मेदवारी परेको हो । 

निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारी दर्ताका लागि शनिबार ११ देखि दिउँसो २ बजेसम्मको समय तोकिएको थियो । 

राष्ट्रियसभाको आइतबार बस्ने बैठकमा उपाध्यक्ष पदको निर्वाचन हुनेछ । निर्वाचनमा अध्यक्षबाहेक ५८ जनाले मतदानमा भाग लिने छन् । उपाध्यक्षका उम्मेदवार दाहाल महोत्तरीकी हुन् भने आले कास्की जिल्लाबाट प्रतिनिधित्व गर्दछिन् । 

संघीय संसद्को माथिल्लो सदनका रुपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभालाई प्रबुद्ध समूहको थलोका रुपमा हेर्ने गरिन्छ । 

राष्ट्रियसभाको अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार गणेशप्रसाद तिमिल्सिना गत फागुन ३० गते निर्विरोध निर्वाचित भइसकेका छन् । राष्ट्रियसभामा वाम गठबन्धनको स्पष्ट बहुमत रहेकाले माओवादी केन्द्रकी उम्मेदवार शशिकला दाहाल निर्वाचित हुने लगभग निश्चित प्राय: रहेको छ ।
 

सम्बन्धित समाचार

प्रतिनिधिभाका उपसभामुख र राष्ट्रियसभाका उपाध्यक्षद्वारा शपथ

काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्बाहाम्फे र राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले आज पद तथा गोपनियताको शपथ लिएका छन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख कृष्णबहादुर महराले उपसभामुखलाई तथा राष्ट्रियसभाका अध्यक्ष

राष्ट्रियसभाको उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार दाहाल विजयी

काठमाडौं ।  राष्ट्रियसभाको उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार शशिकला दाहाल विजयी भएकी छन् ।  संसद भवन नयाँ वानेश्वरमा भएको चुनावमा दाहालले ४५ मत ल्याएर विजयी भएकी हुन् । नेपाली कांग्रेसकी बृन्दादेवी आले

राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन आज हुदै

काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन आज हुदै छ ।  उपाध्यक्षका लागि दुईजनाको उम्मेदवारी परेको छ । उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का शशिकला दाहाल र नेपाली काँग्रेसका वृन्दादेवी आले (राना) को

राष्ट्रियसभाको उपाध्यक्षमा दाहाल र आलेको उम्मेदवारी

काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्ष पदमा दुईजनाको उम्मेदवारी परेको छ ।  संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालका अनुसार उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का शशिकला दाहाल र नेपाली काँग्रेसका वृन्दादेवी आले