वाटफोर्डमाथि लिभरपुलको शानदार जित, सलाह एक्लैले गरे ४ गोल 

खरीबोट
ad

काठमाडौँ ।  इङलिश प्रिमियर लिगमा लिभरपुलले वाटफोर्डलाई पराजित गर्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ ।  गएराती भएको खेलमा लिभरपुलले वाटफोर्डलाई ५-० ले पराजित गरेको हो । 

लिभरपुलको जितमा इजिप्टका स्टार खेलाडी मोहमद सलाहले ४ गोल गरेका थिए भने रोबर्ट फिर्मिनोले एक गोल गरे । 

खेलको चौथो मिनेटमा गोल गर्दै सलाहले लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए भने खेलको ४३औ मिनेटमा अर्को गोल गर्दै सलाहले लिभरपुललाई पहिलो हाफमा २-० को अग्रता दिलाए । दोस्रो हाफमा लिभरपुलले थप तीन गोल गर्यो । फिर्मिनोले खेलको ४९औ मिनेटमागोल गरे भने सलाहले खेलको ७७औ र ८५औ मिनेटमा गोल गर्दै लिभरपुललाई ५-० को शानदार जित दिलाए । 

लिभरपुलका म्यानेजर जर्गन क्लोपले घरेलु मैदानमा यस खेलसँगै ५० प्रिमियर लिग खेल खेलेका छन् ।  जसमा २८ जित १८ बराबरी र केबल ४ खेलमा हार बेहोरेका छन् । 
वाटफोर्डले लिभरपुलको घरेलु मैदानमा अहिलेसम्म खेलेका ११ खेलमा १० खेलमा हार बेहोरेको छ । 

लिभरपुलका लागि मोहमद सलाहले यस सिजनमा कुल ३६ गोल गरेका छन् ।  डेभ्यु बर्ष मै ३६ गोल गर्ने सलाह लिभरपुलका पहिलो खेलाडी हुन् ।

यो जितसँगै लिभरपुल ३१ खेलमा ६३ अंकसहित लिगको तेस्रो स्थानमा उक्लिएको छ भने वाटफोर्ड ३१ खेलमा ३६ अंकसहित लिगको ११औ स्थानमा रहेको छ  । 

सम्बन्धित समाचार

वोल्भरहम्पटन र कार्डिफ सिटीसँगै फुलह्यामको इङलिश प्रिमियर लिगमा बढुवा

काठमाडौँ । फुलह्याम आउदो सिजनको इङलिश प्रिमियर लिगमा बढुवा भएको छ । शनिबार भएको एस्टन भिल्लाबिरुद्धको च्याम्पियनसिपको प्लेअफको फाइनल खेलमा १-० ले विजयी भएपछि फुलह्यामले प्रिमियर लिगमा आफ्नो स्थान सुरक्षित गरेको

म्यानचेस्टर सिटीले बनायो नयाँ रेकर्ड, प्रिमियर लिगमा सय अंक बनाउने पहिलो क्लब 

काठमाडौँ । इङलिश प्रिमियर लिगको अन्तिम खेलमा जित हात पार्दै म्यानचेस्टर सिटीले एक सय अंकको कीर्तिमान बनाएको छ । शनिबार रातिको खेलमा साउथहम्पटनलाई १–० ले हराएपछि यसअघि नै प्रिमियर लिगको उपाधि

प्रिमियर लिगको गोल्डेन बुट मोहमद सलाहले जिते, रोनाल्डो र स्वरेजलाई जिते

काठमाडौँ । लिभरपुलका इजिप्टियन स्ट्राइकर मोहमद सलाहले इङलिश प्रिमियर लिगमा यस सिजनमा सर्वाधिक गोल गर्दै यस बर्षको गोल्डेन बुट जितेका छन् । सलाहले प्रिमियर लिगका ३६ खेलमा ३२ गोल गर्दै

वेस्टह्यामसँग बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड, लिगमा दोस्रो हुने निश्चित 

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड वेस्टह्याम युनाइटेडसँग बराबरीमा रोकिएको छ । गएराती भएको खेलमा म्यानचेस्टर र वेस्ट ह्याम बिना कुनै गोल बराबरीमा रोकिएका हुन् । बराबरीमा रोकिएसँगै युनाइटेड