सबैलाई रोजगारीको ग्यारेन्टी हुन्छ : मुख्यमन्त्री भट्ट

खरीबोट

बैतडी  ।  प्रदेश नं. ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले बेरोजगार सबैलाई रोजगारको ग्यारेन्टी हुने बताएका छन् । 

बैतडीमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले ७ नं प्रदेश समृद्ध बन्ने र वेरोजगार भएका सम्पूर्ण व्यक्तिलाई रोजगारी दिइने बताए । सरकार गठन भएको एक महिनामात्रै भएकाले अहिलेनै सबै कुरा हुन सकेका छैनन् उनले भने “अबको केही वर्षभित्रै सबैले रोजगारी पाउँछन् ।” 

मदिराका कारण ७ नं प्रदेशमा महिला तथा बालबालिका पीडित भएको गुनासो बढेको बताउँदै उनले मदिराको लाइसेन्स वितरण गर्दा ध्यान दिनुपर्ने बताए । 

सम्बन्धित समाचार

प्रदेश ७ को बजेट समग्रमा राम्रो तर, कार्यान्वयन पक्ष चुनौतीपुर्ण

धनगढी । प्रदेश नं. ७ को आज बसेको प्रदेशसभा बैठकमा सदस्यहरूले सरकारद्वारा प्रस्तुत बजेट समग्रमा राम्रो भएपनि कार्यान्वयन पक्ष चुनौतीपूर्ण रहेको बताएका छन् ।  प्रदेशसभा बैठकमा सरकारले आइतबार चालु आर्थिक वर्ष

विधेयक तर्जुमा गर्न प्रदेश ७ लाई स्वीकृति

धनगढी /  प्रदेश नं ७ को मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश आकष्मिक कोषसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा बसेको बैठकले गाउँसभा, नगरसभा र

प्रदेश ७ मा सरकारको नीति तथा कार्यक्रम पारित

धनगढी,।  प्रदेश नं ७ को आज बसेको प्रदेशसभाको बैठकमा आव २०७४÷०७५ को बाँकी अवधिका लागि ल्याइएको नीति तथा कार्यक्रम पारित भएको छ ।  बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुख मोहनराज मल्लद्वारा

प्रदेश ७ मा १८ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत

धनगढी । प्रदेश नं ७ को सरकारले आज प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समाजवाद उन्मुख अर्थतन्त्रको प्रवद्र्धनका लागि लगानीमैत्री वातावरण सिर्जना गरी सार्वजनिक, निजी एवं सहकारी क्षेत्रको सहभागितालाई प्रोत्साहन दिइएको