• २०८१ बैशाख ४ मंगलबार

बनेपामा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

kharibot

धुलिखेल । काभ्रेपलाञ्चोकको बनेपामा आज दिउँसो बनेपा–पनौती सडकखण्डमा मोटरसाइकल र मिनीबस ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । 

बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा२ख ५६७५ नंको मिनीबसले विपरीत दिशाबाट आएको बा७२प ४७८६ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रामेछाप जिल्ला चिसापानी–४ का बालकृष्ण श्रेष्ठको उपचारका क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । 

प्रहरीका अनुसार गाडी जिल्ला प्रहरी कार्यालय धुलिखेलमा राखिएको छ भने चालक बनेपा इलाका प्रहरी कार्यालय बनेपाको नियन्त्रणमा रहेको जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै