राष्ट्रियसभाको उपाध्यक्षमा दाहाल र आलेको उम्मेदवारी

खरीबोट
ad

काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्ष पदमा दुईजनाको उम्मेदवारी परेको छ । 

संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालका अनुसार उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का शशिकला दाहाल र नेपाली काँग्रेसका वृन्दादेवी आले (राना) को उम्मेदवारी परेको छ । 

निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारी दर्ताका लागि आज ११ देखि दिउँसो २ बजेसम्मको समय तोकिएको थियो । राष्ट्रियसभाको आइतबार बस्ने बैठकमा उपाध्यक्ष पदको निर्वाचन हुनेछ । 

निर्वाचनमा अध्यक्षबाहेक ५८ जनाले मतदानमा भाग लिने छन् । उपाध्यक्षका उम्मेदवार दाहाल महोत्तरीकी हुन् भने आले कास्की जिल्लाबाट प्रतिनिधित्व गर्दछिन् । 

संघीय संसद्को माथिल्लो सदनका रुपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभालाई प्रबुद्ध समूहको थलोका रुपमा हेर्ने गरिन्छ । 

राष्ट्रियसभाको अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार गणेशप्रसाद तिमिल्सिना गत फागुन ३० गते निर्विरोध निर्वाचित भइसकेका छन् । 

सम्बन्धित समाचार

राष्ट्रियसभा अध्यक्ष र जापानका राजदूतबीच शिष्टचार भेटघाट

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासँग नेपालका लागि जापानका राजदूत मासाचिमी सिगोले शिष्टाचार भेटघाट गरेका छन् ।  सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भएको भेटमा नेपाल र जापान बीचको कुटनीतिक सम्बन्ध सधै सुमधुर

डा केसीसम्बन्धि राष्ट्रियसभामा कांग्रेसको जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ तत्काल सदनसमक्ष प्रस्तुत गरियोस् भन्ने जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरेको छ ।  जनताको प्रत्यक्ष सरोकार

राष्ट्रियसभामा मन्त्रीहरु जवाफ दिँदै

काठमाडौँ / राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत विभिन्न मन्त्रालयका सम्बन्धमा सांसदहरुले उठाउनुभएका विषयमा सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।  बैठकका लागि तय गरिएको कार्यसूची अनुसार श्रम, रोजगार

राष्ट्रियसभा बैठक : डा. केसीको माग लोकतान्त्रिक तवरले सम्बोधन हुने

काठमाडौँ / गृहमन्त्री रामबहादुर थापाले चिकित्सासम्बन्धी विधेयक सदनमा प्रस्तुत भएकाले प्रा डा गोविन्द केसीले उठाएका माग लोकतान्त्रिक तवरले सम्बोधन गरिने बताएका छन ।  राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०७५ माथिको छलफलका क्रममा उठेको