• २०८१ बैशाख १४ शुक्रबार

बेलायत र रसिया आमने सामने, २३ बेलायती कुटनीतिज्ञलाई देश निकाला गर्ने रसियाको घोषणा  

kharibot

काठमाडौँ । बेलायत र रुसको कुटनीतिक सम्बन्ध झन् बिग्रिदै गएको छ । 

बेलायतले आफ्ना २३ कुटनीतिज्ञहरु निस्कासित गरेको दुई दिन पछि रसियाले पनि बेलायतका २३ कुटनीतिज्ञहरुलाई एक साता भित्र रसिअबात निस्काशित गर्ने भएको बिबिसीले जनाएको छ ।

रुसी विदेश मन्त्रालयले रुसका लागि बेलायतका राजदुतलाई बोलाएर सो जानकारी दिएको बिबिसीले जनाएको छ ।

बेलायतकी प्रधानमन्त्री थेरेसा मेले संसदमा बयान दिदै रसियाका २३ कुटनीतिज्ञहरु अघोषित जासुस भएको भन्दै उनीहरुलाई देश निकाला गरेको घोषणा गरेकी थिइन् । मेले

रुसमाथि एक पुर्वरुसी जासुसलाई बेलायतमा नर्व एजेन्टमार्फत विष दिएर मर्ने कोशिश गरेको आरोप लगाएकी थिइन् ।

यसका साथै मेले रसियाले पठाएको अर्को बर्ष हुने फिफा विश्वकपको निमन्त्रणालाई समेत खारेज गरेकी थिइन् ।

रुसले बेलायतले लगाएको आरोपलाई अस्विकार गर्दै स्पष्ट प्रमाण दिन आग्रह गरिरहेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै