• २०८१ बैशाख ११ मंगलबार

चीनको राष्ट्रपतिमा सि जीनपिङ सर्वसम्मत निर्वाचित, अब अनिश्चितकालसम्म राष्ट्रपति बन्ने

kharibot

बेइजिङ ।  चीनको संसदमा शनिबार बिहान भएको निर्वाचनबाट चिनियाँ वर्तमान राष्ट्रपति सि चिनफिङ नै फेरी निर्वाचित भएका छन्  । 

चीनको संसदका रुपमा रहेको राष्ट्रिय जनकंग्रेसको जारी बैठकले उहाँलाई दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित गरेको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् । 

केन्द्रिय सैन्य आयोगको अध्यक्षमा समेत निर्वाचित हुनु भएका सि हाल ६४ बर्षका छन् ।  

उनले निर्वाचित भएलगत्तै संविधानअनुसार ग्रेट हल अफ द पिपुल्समा सपथ ग्रहण पनि गरिसकेका छन् । चिनियाँ राष्ट्रपतिले यस्तो तरिकाले सपथ लिएको यो पहिलो पटक हो । 

गत अक्टोबरमा उनी चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवमा निर्वाचित भएका थिए । 

गत सन् २००७ मा चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटिकल व्युरोको स्थायी समिति सदस्यका रुपमा केन्द्रिय नेतृत्वमा जोडिएका सि छोटो समयमै अहिले सर्वाधिक शक्तिशाली नेता बन्न सफल भएका छन् । 

उनी अवदेखि अनिश्चितकालसम्म राष्ट्रपति बन्ने भएका छन् । गत हप्ता चिनियाँ संसद्ले राष्ट्रपतिको कार्यकालसम्बन्धी सीमा संविधानबाट हटाउने निर्णय गरेको थियो । 

राष्ट्रपति सीले आफ्ना सम्भावित उत्ताराधिकारी प्रस्तुत गर्ने प्रचलन गत अक्टोबरमा बसेको कम्युनिष्ट पार्टीको महाधिवेशनमा तोडिदिएका थिए । त्यसपछि नै उनको कार्यकाल लम्विने स्पष्ट भएको थियो । 

उनले राजनीतिक शक्ति आफूमा केन्द्रित गर्दै पार्टीको विधानमा आफ्नो नामसहितको राजनीतिक विचारधारा लेखाउन सफल भएका छन् । 

संसद्ले सिका निकट मानिने भ्रष्टाचारविरोधी अभियान्ता वाङ चिसानलाई पनि शनिबार नै उपराष्ट्रपतिमा निर्वाचित गरेको छ ।  राष्ट्रिय जनकंग्रेसको १३औ बैठकको पहिलो चरणमा सहभागी झण्डै तीन हजार सांसदहरुले उनलाई निर्वाचित गरेका हुन् । 

उनी निर्वाचित भएको घोषणा भएलगत्तै उहाँसँग नवनिर्वाचित राष्ट्रपति सि चिनफिङले हात मिलाएर बधाई दिएका छन् । उपराष्ट्रपति वाङले पनि शनिबार नै सपथग्रहण गरिसक्नु भएको छ । 

सन् १९४८ मा जन्मिनु भएका वाङ विगत केही बर्ष देखि चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय तहमा रहेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै