• २०८१ बैशाख १२ बुधबार

हामी कुन कलेजका विद्यार्थी ? आइसीएचएम नेपाल, आइसीएचएम ललितपुर वा केन्ट कलेज !

kharibot

काठमाडौं । हामी कुन कलेजका विद्यार्थी हौं । आइसीएचएम ललितपुरमा २०१३ को पहिलो व्याजका रुपमा आएका सुमन सुवाल भन्छन् ‘भर्ना ललितपुरमा भयौं पढ्यौ पनि त्यहिँ तर, अन्तिममा प्रमाण पत्र हातमा आउने बेलामा कलेजले नै बेचियो ।

तर, जुन कलेजले हामीलाई प्रमाणपत्र दिदै छ त्यो सम्बन्धीत विश्वद्यिालयसँग कुनै सम्बन्धन छैन् ।’ आइसीएचएम ललितपुर गत असारमा बेचियो । र केन्ट प्राइभेट लिमिटेडको नाममा सञ्चालनमा रहेको छ । भने केन्ट कलेजसँग २०१३ का विद्यार्थीले पाउने प्रमाण पत्र जुन विश्वविधालयको हो त्यसको सम्बन्धन भने छैन् ।

अहिले ति विद्यार्थीलाई इन्टरनेश्नल युर्निर्भसीटि अफ जर्जीयाको प्रमाणपत्र वितरण गरीरहेको छ तर, केन्ट भने युरीका युर्निभसीटिको सम्बन्धन प्राप्त कलेज हो । केन्ट कलेजका संचालक संजय कुमार झाले भने आइसीएचएमबाट आएका ४३ जना विद्यार्थी आइसीएचएम नेपालका भएको बताएका छन् ।

तर, आइसीएचएम नेपालका संचालक शिव कुमार श्रेष्ठ भने आइसीएचएम ललितपुर र केन्ट कलेजसँग आफ्नो कुनै समबन्ध नरहेको बताउँछन् । ‘आइसीएचएममा न मेरो कुनै सेयर छ, न त म संचालक समितीमा छु, अनि कसरी आइसीएचएम ललितपुरका विद्यार्थी मसँग सम्बन्धीत हुनसक्छन् ।

हामी कुनैपनि हालतमा अर्को कलेजका विद्यार्थीलाई आफ्नो भनेर स्वीकार्दैन र चारीत्रिक प्रमाणपत्र पनि दिदैनौं ।’ तर, यता केन्ट कलेज जसले आइसीएचएम ललितपुरललाई किन्यो र त्यहाँ रहेका २०१३ व्याजका विद्यार्थी आफ्ना नरहेको संचालक संजय कुमार झा बताउँछन् ।

तर, उनको कलेजले फेब्रेवरी १९ मा विद्यार्थीलाई ट्रान्सक्रिप्ट वितरण गरेको छ । तर, विद्यार्थी भने आइसीएचएम नेपालका हुन् भनेर भनेका छन् । उता, आइसीएचएम ललितपुरका तत्कालिन संचालक मनोज श्रेष्ठ भने लामो समय देखि विद्यार्थीहरुबाट टाढीदै गएको सुमन सुवालले बताएका छन् ।

‘हामीले पटकपटक गरेर सम्पर्क गर्ने प्रयास गर्यौ तर, पनि उहाँले कुनै रेस्पोन्स गर्नुभएको छैन् । अब हामी सबै साथीहरु मिलेर कसरी अगाडि बढ्ने बारे छलफल गर्छौ’ सुवालले खरीबोटसँग भने ।

अब कुरा के हुन्छ भने, नेपालमा विभिन्न विदेशी विश्वविद्यालयका नामबाट कलेज संचालन गर्दै आएका शैक्षिक व्यापारीहरुले विद्यार्थीहरुको भविष्यमाथी नै खेलबहाड गरेका छन् । यसरी एक विश्वविद्यालयको सम्बन्धन लिएर अर्को विश्वविद्यालयको प्रमाण पत्र वितरण भइरहदाँ पनि सम्बन्धित निकाय भने मौन बसेको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै