• २०८१ बैशाख ७ शुक्रबार

उपराष्ट्रपति पुनद्वारा दोस्रो कार्यकालका लागि उम्मेदवारी दर्ता

kharibot

काठमाडौँ । वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनले दोस्रो कार्यकालका लागि वाम गठबन्धनबाट उम्मेदवारी दर्ता गराएका छन् ।

पुनको प्रस्तावकमा एमाले नेता सुवास नेम्वाङ र देव गुरुङ रहेका छन् ।

दिउसो सभा १२ बजेसम्म पुन बाहेक दोस्रो व्यक्तिको तर्फबाट उम्मेदवारी दर्ता गरेको छैन।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उम्मेदवारीबारे कुनै निर्णय नगरेकाले पुन निर्विरोध उपराष्ट्रपति हुने सम्भावना छ ।

निर्वाचन आयोगले आगामी चैत्र ९ मा हुने उपराष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी दर्ताको समय आज विहान १० बजेदेखि २ बजेसम्म  तोकेको छ ।

संघीय संसद तथा प्रदेश सभामा वामगठबन्धन बहुमत रहेकाले सो गठबन्धनका उम्मेदवार पुन दोस्रो कार्यकालका लागि पनि उपराष्ट्रपति हुने निश्चित प्राय: रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै