• २०८१ बैशाख १३ बिहीबार

एक्युप्रेशर उपाचार पद्धतीबाट कसरी स्वस्थ रहने ? 

kharibot

काठमाडौँ । सफल हुनको लागि स्वस्थ हुन आवश्यक छ । हरेक मान्छेको स्वस्थ हुने चाहाना हुन्छ, तर स्वस्थ रहने कला र विज्ञानको भने जानकारी धेरै कमसँग मात्र छ ।

हामी कृतिमतातिर उद्यत छौं । हामी स्वस्थ रहने प्राकृतिक उपाय बारे अन्जान छौं । अप्राकृतिक खानपान र अव्यवस्थित जीवनशैलीको कारण आज विभिन्न रोगहरुले आक्रमण गरेको छ । 

रसायनिक औषधीको दुष्प्रभावले स्वास्थ्य समस्या बढ्दै गहिरहेको छ । तर एक्युप्रेशर उपचारमा पद्धतीमा कुनै पनि औंषधीको प्रयोग गरिदैन । हातका विभिन्न प्रतिविम्बका केन्द्र दबाएर आफ्नो उपचार आफै गर्ने पद्धती हो एक्युप्रेशर । यो पद्धतीको प्रयोगको हामीले पैशा, श्रम र समयको खर्च गर्नु पदैन ।

सबै उमेर समुहको लागि उतिकै उपयोगी यो विधीको प्रयोगले रक्तसंचार प्रणाली तथा स्नायु प्रणालीलाई स्वस्थ्य राख्नु, ग्रन्थिहरुलाई सन्तुलित र स्वस्थ राख्न, रोगप्रतिरोधात्मक क्षमतालाई बुद्धि गर्न, आन्तरिक अंगहरुको कार्यक्षमता बुद्धि गर्न प्रभावकारी भुमिका खेलेको हुन्छ । यो पद्धतीको जन्मदाता गौंतम बुद्धलाई मानिन्छ । 

तपाई जुनसुकै रोग लागेको हुन सक्छ, तपाईको हातको प्रतिविम्बमा प्रेशर दिदा जुन बढी दुखाई छ त्यही केन्द्रमा विशेष प्रेशर दिनुपर्ने हुन्छ । एक्युप्रेशरले कुनै साइड इफेक्ट नपार्ने हुदा नदेखिएका तथा पत्ता नलागेका रोगलाई पनि प्रतिविम्बको केन्द्रमा पे्रशर गरेर ठिक पार्न सकिन्छ ।  

रोग पत्ता लगाउनको लागि प्रत्येक प्रतिविम्बको केन्द्रमा दबाव दिएर जाँच गर्नु पर्छ । जहाँ असह्य दुखाइ छ त्यो सँग सम्बन्धित अंगमा खरावी छ भनेर बुझ्नु पर्ने हुन्छ । दुखेको केन्द्रको आधारमा एक्युप्रेशरको नियम अनुसार दबाव दिएर दुखाई कम गराउन सकिन्छ, र रोग कम हुदै जान्छ । एक्युप्रेशर उपचार पद्धतीमा नशाको अन्तिम भागमा दिइने दवावले क्रिस्टल टुक्रिन्छ र निश्कन्छ परिणाम स्वरुप शरिर स्वस्थ हुन्छ ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै