• २०८१ बैशाख १३ बिहीबार

किन बच्चाहरुले खान मन गर्दैनन् ? बच्चाहरुले खान मन नगर्नुका मनोवैज्ञानिक कारणहरु 

kharibot

बच्चाहरुले सिक्ने सन्दर्भमा वैज्ञानिकहरु भन्छन्, अपवादलाई छाड्ने हो भने पाँच वर्षसम्मा मानिसले ९५ प्रतिशत कुरा सिक्छन् र बाँकी जीवनभर थप ५ प्रतिशत कुरा मात्र सिक्न सक्छन् । अभिव्यक्त गर्न नसके पनि बच्चाहरुले हेरेर, छोएर, गन्ध र आवाजबाट धेरै कुरा सिकिरहेका हुन्छन् । यस्ता सिकाइ अनुभूतिका आधारमा निजात्मक हुने भएका कारण उनीहरुले सिक्ने सन्दर्भमा पूर्ण स्वतन्त्रता खोज्छन् । 

बच्चाहरु कमजोर भएका कारण कुनै कुरा सिक्दै गर्दा अर्काले गरेको हस्तक्षेपमा उनीहरुले प्रतिक्रिया दिन सक्दैनन् । सर्वप्रथम उनीहरुले कुनै कुरामा विरोध गर्न सक्छन् भने आफ्नो मुखमा के हाल्ने वा के नहाल्ने भन्ने सन्दर्भमै हो । त्यस्तै बच्चाले आफ्नो छुट्टै अस्तित्व खोजेका हुन्छन् । आफ्नो छुट्टै पहिचान बनाउन र आफ्नो निजी मामिलामा केही अधिकार जमाउन पनि बच्चाहरुले खानेकुरा खाइरहँदा अरुको दख्खललाई प्रतिकार गर्न खोज्छन् ।

अभिभावकले जसरी चिन्ता लिँदै आएका छन्, त्यसको विपरीत वास्तवमा बच्चाहरुले खाने मन नगर्ने कुरा निकै सामान्य विषय हो । सन् २०१६ मा ३ देखि ११ वर्षसम्मका एक सय २० जना बालकहरुमाथि गरिएको एक अध्ययनमा ३९ प्रतिशत बालकहरुमा कुनै ना कुनै समय खान मन नपराउने समस्या देखिएको थियो । वयष्क मानिस स्वेच्छाले कुनै चिज खान वा नखान सक्छन् । तर अभिव्यक्त गर्न नसक्ने बच्चाहरुका सन्दर्भमा बुबाआमाले आफ्नो बच्चाको मनोविज्ञान बुझ्न नसक्दा बच्चालाई खाना खुवाउने समयमा घर–घरमा बच्चा र अभिभावकबीच एक प्रकारको लडाइँ नै हुँदै आएको छ । 

यदि अभिभावकले बच्चाले खाना नमानेको कुरालाई सामान्य नमानेर निकै महत्व दिन्छ भने यस्तो अवस्थामा बच्चाले आपूmले खाना नखाँदा आपूmलाई निकै चासो दिने कुरा महसुस गरेर अभिभावकको ध्यान आफुतिर केन्द्रित गर्नका लागि खाने बेला मन परेको कुरा पनि नखाई किचकिच गर्न थाल्छ । बच्चाहरुलाई कुनै कुरा खानलाई जबर्जस्ती गर्नु निकै नै गलत कुरा हो । तपाईं आफ्नो बच्चाले सही तरिकाले खाइदेओस् भन्ने चाहनुहुन्छ भने सर्वप्रथम अपनाउनुपर्ने कुरा भनेको बच्चाले खानेकुरा नखाँदा चिन्तित नभई सामान्य ढङ्गले लिइदिनु नै हो ।  

साना बच्चाहरुले खाने कुराको रंग, बनावट, आवरण, वासना, स्वाद आदिको आधारमा के कुरा खाने वा के कुरा नखाने भनेर सिक्दै गरेका हुन्छन् । तर उनीहरुलाई सिक्नका निम्ति समय लाग्छ । केही दिनमै बच्चाको खाने व्यवहारमा परिवर्तन होस् भने चाहनुहुँदैन । केही सामान्य कुराहरुमा ध्यान दिने हो भने आफैँ बच्चाको खाने व्यवहारमा सुधार आउँछ । 

शरीरको आवश्यकता वा स्वास्थ्यको ख्यालभन्दा पनि आम सन्दर्भमा वयष्क मानिसहरु स्वादका पारखी हुन्छन् । तर बच्चाहरुमा स्वाभाविक रुपमा एक प्रकारको क्षमता हुन्छ, उनीहरुले आफ्नो शरीरलाई के कुरा कति मात्रामा चाहिरहेको छ भन्ने बुझेका हुन्छन् । उनीहरु दु्रतगतिमा बढ्दै गर्दा धेरै खान्छन् अनि बढ्ने क्रम सुस्त भएको बेला कम खान्छन् । त्यस्तै शरीरलाई कार्बोहाइडे«ड, प्रोटिन, चिल्लो पदार्थ वा अन्य खनिज पदार्थ के चाहिएको हो, त्यही चिज सही मात्रामा खान मन पराउँछन् । तर अभिभावकले यो कुरा बुझेका हुँदैनन् अनि जुन मात्रा जे अगाडि पस्किदिएको हुन्छ, प्लेट खाली नहुन्जेल खाइदेओस् भन्ने चाहन्छन् । हिजो बच्चाले जे खान्छ । हिजो बच्चाले जति मात्रामा खान्छ । अथवा अरु बच्चाहरुले जति मात्रामा जे खान्छन्, त्योसँग आफ्नो बच्चाले खाने गरेको कुरा ठीक वा बेठीक हो, अनि कम वा बेसी हो भनेर तुलना गर्नु ठीक होइन । बरु बच्चालाई खाने कुरा दिँदा तीनवटा परिकारमा छान्न लगाउनुहोस् । यस्तो गर्दा बच्चाले आफ्नो शरीरलाई चाहिने कुरा खान पाउने अवसर मात्रै पाउने होइन, बरु के खाने वा के नखाने भन्ने विषयमा निर्णय गर्दा केही हदसम्म भए पनि स्वतन्त्र महसुस समेत गर्छन् ।

साना बच्चाहरुले खाने कुराको रंग, बनावट, आवरण, वासना, स्वाद आदिको आधारमा के कुरा खाने वा के कुरा नखाने भनेर सिक्दै गरेका हुन्छन् । तर उनीहरुलाई सिक्नका निम्ति समय लाग्छ । केही दिनमै बच्चाको खाने व्यवहारमा परिवर्तन होस् भने चाहनुहुँदैन । केही सामान्य कुराहरुमा ध्यान दिने हो भने आफैँ बच्चाको खाने व्यवहारमा सुधार आउँछ । 

लेखक : महेश श्रेष्ठ 

बच्चाहरुले विशेष गरी खस्रोभन्दा चिप्लो, विद्रुपभन्दा देख्नुमा राम्रो, कडाभन्दा नरम, ठूलोभन्दा सानो, खान सजिलो हुने, मुखमा बिलाउने, चर्को गन्ध नआउने खानेकुरा खान मन पराउँछन् । त्यस्तै रङको सन्दर्भमा चक्लेट रङको खाने कुरा मन पराउँछन् । बच्चाहरुका यही कमजोरीहरुलाई आधार बनाएर व्यावसायिक खाद्य उद्योग कम्पनीहरुले फास्ट फुडहरु बनाइएका कारण बच्चाहरु फास्टफुडप्रति आकर्षित भएका हुन् । अध्ययनका अनुसार बच्चाहरु दुई वर्षको हुँदा खाने सन्दर्भमा निकै किचकिच गर्ने हुन्छन्, अनि क्रमशः छ वर्ष पुग्दा उनीहरुमा यस्तो समस्या निकै कम भइसकेको हुन्छ । यसको कारण के हो भने बच्चाहरु दुई वर्ष हुँदा उनीहरुको सम्झना शक्ति उत्कर्षमा पुगेको हुनु र उनीहरुले खानेकुरा राम्रो वा नराम्रो के हो भनी छुट्याउने सन्दर्भमा त्यसको अधिकतम प्रयोग गर्नु हो । दुई वर्षपछि विस्तारै बच्चाहरुले भाषा सिक्दै गर्दा केही कुरा सिक्ने सन्दर्भमा छाला, आँखा, कान, जिब्रोलगायतका इन्द्रियबाहेक अरुको देखासिकी गर्ने बानी र क्रमशः सूचनाका आधारबाट कुन कुरा स्वस्थकर छ वा कुन कुरा छैन भन्ने जानकारी लिनसक्ने हुँदै जाने हुँदा छ वर्षसम्म आइपुग्दा धेरै चिजहरु खान थाल्ने भइसकेका हुन्छन् ।  

बच्चाहरुले खाना मन नपराउनुको अनेक कारण हुन्छन् । कहिलेकाहीँ बच्चाहरुले नयाँ खानेकुरालाई अन्य कुरासँग दाँजेर पनि खाने नगरेका हुनसक्छन् । उदाहरणका लागि गड्यौला देखेको बच्चाले पहिलोपटक चाउमिन खान दिँदा चाउमिनलाई गड्यौलाजस्तै मानेर खान नमान्नसक्छ । यदि यस्तो अवस्थामा अभिभावकले जबर्जस्ती हप्काई दप्काई चाउमिन खुवाएमा उसले नखाने मात्रै होइन, उसमा ‘फुड निओफोबिया’ वा पछि गएर ‘इटिङ डिसअर्डर’जस्ता खाने बानीका सन्दर्भका मनोवैज्ञानिक समस्याहरु देखिनसक्छन् । बच्चालाई समय–समयमा नयाँ कुरा खुवाउँदै लैजानुपर्छ । विशेषगरी ६ देखि ९ महिनाका बच्चालाई धेरैभन्दा धेरै नयाँ नयाँ कुरा खुवाउनुपर्छ । तर नयाँ खानेकुरा खान नमानेको सन्दर्भमा, प्रथमतः बच्चालाई त्यस्ता खानेकुरासँग परिचित गराउनुपर्छ । खान नमाने भने पटक–पटक थोरै मात्रामा त्यस्ता कुरा खानाको प्लेटमा राखिदिने गर्नुपर्छ । पहिलो कदम भनेको उसलाई देखाउने, दोस्रोमा उसलाई छुवाउने, तेस्रोमा उसको ओठमा छुवाउने र त्यसपछि खुवाउने । विशेषतः बच्चालाई यसो गर्दा जम्माजम्मी १०–११ पटकसम्म खानेकुरा प्लेटमा राखिदिनुपर्छ । यो सिङ्गै प्रक्रियाका लागि केही दिन दिनु जरुरी हुन्छ । 

त्यस्तै बच्चाले खान मन नगरेको खानेकुरा उसको अगाडि खाने, पकाउँदा बच्चालाई सँगै राख्ने वा भिडियोमा त्यस्ता खाने कुरा देखाउने जस्ता काम गरेर बच्चाले खान मन नगरेको खानेकुरालाई बच्चासँग परिचित गर्दै लगेमा केही समयपछि त्यस्ता खानेकुरा बच्चाका मन पर्ने परिकारमा परिणत पनि हुनसक्छ ।

विशेषगरी ६ देखि ९ महिनाका बच्चालाई धेरैभन्दा धेरै नयाँ नयाँ कुरा खुवाउनुपर्छ । तर नयाँ खानेकुरा खान नमानेको सन्दर्भमा, प्रथमतः बच्चालाई त्यस्ता खानेकुरासँग परिचित गराउनुपर्छ । खान नमाने भने पटक–पटक थोरै मात्रामा त्यस्ता कुरा खानाको प्लेटमा राखिदिने गर्नुपर्छ । पहिलो कदम भनेको उसलाई देखाउने, दोस्रोमा उसलाई छुवाउने, तेस्रोमा उसको ओठमा छुवाउने र त्यसपछि खुवाउने ।

कहिलेकाहीँ बच्चा अन्य कुरामा निकै रमाएको बेला वा अन्य कुराले उत्तेजित भएको बेला बच्चाले खाने मन गर्दैन तसर्थ त्यस्तो समस्या नहोस् भन्नका खातिर बच्चालाई हरेक दिन खाना खाने समयभन्दा पन्ध्र मिनेट अगाडि खाने समय हुनलाग्यो भन्ने जानकारी दिनुपर्छ । दैनिकी रुपमा खाना खाने निश्चित समय बनाउँदा अभैm राम्रो हो । बच्चाको ध्यान खाने कार्यबाट अरु कतै तानिने कुराहरु छन् भने तिनलाई हटाउनु राम्रो हुन्छ । जस्तै खाना खाने समयमा टेलिभिजन बन्द गर्नु, किताब बन्द गर्नु, खेलौनालाई पन्छाउनुपर्छ । 

बच्चाको खाने व्यवहार सुधार्नु छ भने खाना खाने समयलाई अभिभावक र बच्चाबीच द्वन्द्वको समय नबनाएर उत्सवको समय बनाउनुपर्छ । खानेकुरा खाने कार्य र समयलाई खेलजस्तै रमाइलो बनाउनुपर्छ । सानो प्लेटमा धेरै खाने कुरा राखिदिने वा ठूलो थालमा थोरै खानेकुरा राखिदिने, खाने समयमा बच्चाले खेल्ने गरेको केही ठिक्कको आकारको भाँडाकुटीमा थोरै खानेकुरा राखिदिने, पुतलीलाई खुवाएजस्तै गराउने, यो खानेकुरा खाँदा सुपरम्यान बन्छ भन्नेजस्ता कुरा सुनाउने आदि गरेर खाने कार्यलाई रमाइलो बनाउन सकिन्छ । बच्चाले भाँडा सफा हुने गरी पस्केको सबै खानेकुरा खाँदा चक्लेटलगायतका सानोतिनो उपहार दिनु राम्रो हो । तर बच्चालाई दिइने उपहार त्यही महत्वको पनि हुनुहँुदैन ताकि उपहार पाउने लोभले बच्चाले खाना खानैपर्ने दबाब महसुस गरोस् । 

बच्चाहरुले अरुबाट सिक्छन् । परिवारका अन्य सदस्यहरुले खाएको बेला बच्चालाई उपस्थित गराउनाले बच्चाले खान सिक्छ । बच्चालाई मन नपर्ने परिकार परिवारका अन्य सदस्यले खाँदै गरेको देखेमा बच्चाहरुले त्यस्तो कुरा खाना थाल्छ । यसरी परिवारका वयष्क सदस्यहरुले बच्चासँग बसेर खाइरहँदा भने खाने कुराको सन्दर्भमा नमिठो भयो भनेर गुनासो गर्ने र थालमा खाने कुरा बाँकी राख्ने गर्नुहुँदैन । त्यस्तै बच्चालाई खानेकुरा किन्दा, काट्दा र पकाउने प्रक्रियामा सँगसँगै राख्दा पनि बच्चाहरुको खाने व्यवहारमा सकारात्मक परिवर्तन आउँछ । 

विशेष गरी बच्चा कस्तो प्रवृत्तिको छ भन्ने कुराले पनि बच्चाको खाने व्यवहारलाई प्रभाव पार्छ । छोएर महसुस गर्ने, सुँघ्ने, अनि स्वाद थाहा पाउनेजस्ता संज्ञा शक्ति धेरै भएका बच्चाहरुले खस्रो, विद्रुप आवरण भएको र कडा गन्ध आउने खानेकुरा खान मान्दैनन् । त्यस्तै भावुक र लज्जालु बच्चाहरुले नयाँखालका खाने कुरा खान रुचि देखाउँदैनन् । तर विन्दास खालका बच्चाहरुले नयाँ नयाँ खालका खानेकुराहरु पनि सजिलै खाने गर्दछन् । 

विशेष गरी बच्चा कस्तो प्रवृत्तिको छ भन्ने कुराले पनि बच्चाको खाने व्यवहारलाई प्रभाव पार्छ । छोएर महसुस गर्ने, सुँघ्ने, अनि स्वाद थाहा पाउनेजस्ता संज्ञा शक्ति धेरै भएका बच्चाहरुले खस्रो, विद्रुप आवरण भएको र कडा गन्ध आउने खानेकुरा खान मान्दैनन् ।

बच्चाको खाने व्यवहारका विषयका ज्ञाता मनोवैज्ञानिक डा. फ्ये पाव्यलका अनुसार बच्चाहरुले कस्तो स्वाद मन पराउँछन् भन्ने कुरा आमाको गर्भबाटै सुरु हुन्छ । गर्भावस्थामा आमाले जति विविधतापूर्ण खानेकुरा खान्छिन्, त्यही अनुपातमा बच्चाले आमाले खाने गरेका खानेकुराहरु खान रुचाउँछ । त्यस्तै आमाको दूधको स्वादजस्तै लसुन, भेनिला आदिको स्वाद आमाको दूधबाटै बच्चाहरुले खानथालेका हुन्छन् । 

बच्चाहरुको उचाइको वृद्धिदर रोकिँदा वा वृद्धिदर सुस्त हुँदा, बच्चाहरुको शरीरमा जुकालगायतका परजीवी हुँदा, बच्चाहरुलाई कस्टिपेसन वा एसिडिटी हुँदा वा बच्चाहरुका स्वास्थ्यसम्बन्धी समस्याका अरु नै कारणले समेत बच्चाहरुले खान मन नगरेको पनि हुनसक्छन्, यस्तो अवस्थामा अभिभावक चनाखो हुनुपर्छ ।

बच्चाहरुले किन खाँदैनन् भन्ने कुराको उत्तर त्यति सजिलो छैन । बच्चाहरुले नखानुमा अभिभावकले आफ्नै कमजोरी ठान्नु जरुरी पनि छैन, किनकि यसमा अभिभावकले बच्चालाई बुझ्नु नसक्नु मात्रै कारण नभई, वंशाणुगत गुण, जैविकता, बच्चाको मनोविज्ञान, बच्चाको स्वास्थ्य र खानाको स्वाद आदि विभिन्न कारणहरु निहित छन् । 

(लेखक महेश श्रेष्ठ अध्यात्म र मस्तिष्क विज्ञानमा कलम चलाउँछन् ।)

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै