• २०८१ बैशाख १४ शुक्रबार

नेपालले सातौस्थानका लागि आज नेदरल्याण्डको सामना गर्दै

kharibot

काठमाडौँ ।  अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा पहिलो पटक एकदिवसीय मान्यता पाएको नेपालले सातौं स्थानका लागि आज नेदरल्याण्डको सामना गर्दैछ ।

 जिम्बाब्वेमा जारी आइसीसी विश्वकप छनोट प्रतियोगिताअन्तर्गत सातौ स्थानको लागि हुने प्लेअफ खेलमा नेपालले नेदरल्याण्डको सामना गर्न लागेको हो ।

बिहीबार भएको प्लेअफ खेलमा नेपालले पपुवान्यूगिनीलाई ६ विकेटले र नेदरल्याण्डले हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पायो भने दुवै टिम सातौ स्थानको प्लेअफका लागि छानिएका हुन् ।

यसअघि नेपाल र नेदरल्याण्ड एकदिवसीय खेलमा चार पटक आमने सामने भएका छन् जसमा दुवै टोलीले दुई दुई खेल जितेका छन् । नेपालले आजको खेलमा नेदरल्याण्डलाई पराजित गरेर यस प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ । पछिल्ला दुई खेल जितेको नेपाल विजयी लयमा भएपनि प्रतियोगितामा ओपनर ले राम्रो सुरुवात नदिदा नेपालको चिन्ता बढाएको छ ।

कप्तान पारस खड्का, मिडिल अडरमा दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, रोहित पौडेल र सोमपल कामीको अलराउन्ड प्रदर्शन नेपालका लागि आजको खेलमा पनि महत्वपूर्ण हुने छ भने बलिङमा नेपालको तर्फबाट सोमपाल, करण केसी र सन्दीप लामिछानेको भूमिका महत्वपूर्ण हुने छ ।

  आजै नवौँ स्थानका प्लेअफमा हङकङ र पपुवान्यूगिनी पनि खेल्दै छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै