• २०८१ बैशाख ८ शनिबार

माओवादीका नयाँ मन्त्रीहरुद्वारा पेरीसडाँडा पुगेर शहीद स्तम्भमा माल्यार्पण

kharibot

काठमाडौँ । नेकपा माओवादी केन्द्रका तर्फबाट नवनियुक्त मन्त्रीले शपथ लिएलगत्तै पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेर शहीद तथा बेपत्ता स्मृतिस्तम्भमा माल्यार्पण गरेका छन् । 

माओवादी केन्द्रका कार्यालय सचिव प्रकाश पोखरेलका अनुसार नवनियुक्त मन्त्रीले शहीद तथा बेपत्ता स्मृतिस्तम्भमा माल्यार्पण गरी जनपक्षीय काम गर्ने प्रतिबद्धता जनाए ।

माओवादी केन्द्रबाट आज वर्षमान पुन, ऊर्जा जलस्रोत तथा सिँचाइ, गिरिराजमणि पोखरेल शिक्षा विज्ञान तथा प्रविधि, शक्तिबहादुर बस्नेत वन तथा वातावरण, चक्रपाणि खनाल९कृषि तथा भूमि व्यवस्था र सहकारी र वीना मगर खानेपानी मन्त्रीमा नियुक्त भएका छन् । यस्तै रामकुमारी चौधरी कृषि तथा भूमि व्यवस्था र सहकारी राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै