• २०८१ बैशाख १३ बिहीबार

नेपाल दाना उद्योग संघमा नयाँ नेतृत्व

kharibot

काठमाडौँ । नेपाल दाना उद्योग संघको १७औँ साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ । यहि चैत्र २ गते सम्पन्न साधारण सभाले नयाँ नेतृत्व चयनको घोषणा गरेको छ ।

उद्योग वाणिज्य तथाआपूर्ति मन्त्रीमातृका यादवको प्रमुख आतिथ्य तथा नेपाल सरकारको विशिष्ट व्यक्तिहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

साधारण सभाले अध्यक्षमा रविन पुरीलाई निर्वाचित गरेको छ भने प्रथम उपाध्यक्ष शंकर प्रसाद कडेल, द्वितीय उपाध्यक्षमा प्रदिपकुमार रुङ्टा, तृतिय उपाध्यक्ष ज्ञानेन्द्र पराजुली निर्विरोध निर्वाचित बह्येका छन् । 

त्यसैगरी महासचिवमा केशव राज थापा,  कोषाध्यक्षमा उमेशचन्द्र सापकोटा र सचिवमा दुर्गाप्रसाद भण्डारी निर्वाचित भएका छन् भने सदस्यहरुमा चन्द्रकान्त बराल,  राजकुमार पराजुली, ज्ञानेन्द्रप्रसाद उप्रेती,  डा. दिनेश गौतम,  मदन केशी, गोपाल टण्डन,  देवीप्रसाद गौतम, सुरेन्द्रराज प्रधान, विनोद पोखरेल र कविन्द्र प्रसाईं निर्वाचित भएका छन् ।

२०४७ सालमा स्थापना भएको नेपाल दाना उद्योग संघ हाल देशभर पशुपंक्षीको दाना उत्पादनसम्बन्धि १०४ वटा कम्पनीहरु आवद्घ रहेका छन् । विगत २७ वर्षदेखी पशुपंक्षिको दाना उत्पादनमा आत्मनिर्भरता कायम गर्दै आएको उक्त उद्योगले करिब २ लाख नागरीकलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा रोजगारी प्रदान गर्दै आएको छ भने कुल राजस्वमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै