• २०८१ बैशाख ७ शुक्रबार

च्याम्पियन्स लिगमा क्वाटरफाइनलको ड्र सार्वजनिक, को कुन क्लबसँग परे ?

kharibot

काठमाडौँ । च्याम्पियन्स लिगमा क्वाटरफाइनलको ड्र सार्वजनिक भएको छ । 

आज सार्वजनिक भएको ड्रमा गतबर्षको च्याम्पियन्स लिगको विजेता रियल म्याड्रिड इटालियन क्लब युभेन्टससँग खेल्ने भएको छ ।

त्यस्तै स्पेनकै अर्को क्लब बार्सिलोना इटालीको क्लब एएस रोमासँग परेको छ । स्पेनकै अर्को क्लब सेभिल्ला भने जर्मनीको कल्ब बायर्न म्युनिखसँग परेको छ ।

क्वाटरफाइनलमा पुगेका दुई प्रिमियर लिग क्लब लिभरपुल र म्यानचेस्टर सिटी भने च्याम्पियन्स लिगको क्वाटरफाइनलमा भिड्ने भएका छन् ।

शुक्रबार स्विटजरल्याण्डको नियोनमा भएको ड्रमा सबै टिमको नाम एकै पटमा राखेर गरिएको आयोजक युनियन अफ युरोपियन फुटबल एसोशियसन (युइएफए) ले जानकारी दिएको छ । ड्रमा पहिलो नाम आउने टिमले पहिलो लिग आफ्नो घरेलु मैदानमा खेल्नुपर्ने नियम रहेको छ । 

क्वाटरफाइनलका खेलहरु पहिलो लिग आगामी अप्रिल ३ तारिख मंगलबार र अप्रिल ४ तारिख बुधबार हुने छन् भने दोस्रो लिग अप्रिल ११ मंगलबार र अप्रिल १२ बुधबार हुने छन् ।

च्याम्पियन्स लिगको सेमिफाइनल खेलको पहिलो लिग अप्रिल २४ मंगलबार र अप्रिल २५ बुधबार, त्यस्तै दोस्रो लिग मे एक तारिख मंगलबार र मे २ तारिख बुधबार हुने युइएफएले जनाएको छ ।

त्यस्तै च्याम्पियन्स लिगको फाइनल मे २६ शनिबार युक्रेनको किभ शहरको एनएससी ओलाम्पियोस्की स्टेडियममा हुने छ ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै