च्याम्पियन्स लिगमा क्वाटरफाइनलको ड्र सार्वजनिक, को कुन क्लबसँग परे ?

खरीबोट

काठमाडौँ । च्याम्पियन्स लिगमा क्वाटरफाइनलको ड्र सार्वजनिक भएको छ । 

आज सार्वजनिक भएको ड्रमा गतबर्षको च्याम्पियन्स लिगको विजेता रियल म्याड्रिड इटालियन क्लब युभेन्टससँग खेल्ने भएको छ ।

त्यस्तै स्पेनकै अर्को क्लब बार्सिलोना इटालीको क्लब एएस रोमासँग परेको छ । स्पेनकै अर्को क्लब सेभिल्ला भने जर्मनीको कल्ब बायर्न म्युनिखसँग परेको छ ।

क्वाटरफाइनलमा पुगेका दुई प्रिमियर लिग क्लब लिभरपुल र म्यानचेस्टर सिटी भने च्याम्पियन्स लिगको क्वाटरफाइनलमा भिड्ने भएका छन् ।

शुक्रबार स्विटजरल्याण्डको नियोनमा भएको ड्रमा सबै टिमको नाम एकै पटमा राखेर गरिएको आयोजक युनियन अफ युरोपियन फुटबल एसोशियसन (युइएफए) ले जानकारी दिएको छ । ड्रमा पहिलो नाम आउने टिमले पहिलो लिग आफ्नो घरेलु मैदानमा खेल्नुपर्ने नियम रहेको छ । 

क्वाटरफाइनलका खेलहरु पहिलो लिग आगामी अप्रिल ३ तारिख मंगलबार र अप्रिल ४ तारिख बुधबार हुने छन् भने दोस्रो लिग अप्रिल ११ मंगलबार र अप्रिल १२ बुधबार हुने छन् ।

च्याम्पियन्स लिगको सेमिफाइनल खेलको पहिलो लिग अप्रिल २४ मंगलबार र अप्रिल २५ बुधबार, त्यस्तै दोस्रो लिग मे एक तारिख मंगलबार र मे २ तारिख बुधबार हुने युइएफएले जनाएको छ ।

त्यस्तै च्याम्पियन्स लिगको फाइनल मे २६ शनिबार युक्रेनको किभ शहरको एनएससी ओलाम्पियोस्की स्टेडियममा हुने छ ।    
 

सम्बन्धित समाचार

च्याम्पियन्स लिगमा रोनाल्डोको नयाँ रेकर्ड

काठमाडौं ।  क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा नयाँ रेकर्ड बनाएका छन् ।  गएराती सेमिफाइनलको पहिलो लिगमा बायर्न म्युनिखविरुद्धको पहिलो खेलमा जित हासिल गर्दै रोनाल्डोले नयाँ रेकर्ड बनाएका हुन् । रोनाल्डोले गोल नगरेपनि

घरेलु मैदानमा रियल म्याड्रिडसँग हार्यो बायर्न म्युनिख 

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लिगमा रियल म्याड्रिडले बायर्न म्युनिखलाई पराजित गरेको छ । गएराती बायर्नको घरेलु मैदानमा भएको खेलमा रियलले बायर्नलाई २-१ गोल अन्तरले पराजित गरेको हो । रियलको

च्याम्पियन्स लिगमा रियल म्याड्रिड र बायर्न म्युनिखको भिडन्त, रोनाल्डोले गर्लान त गोल ?

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लिग रियल म्याड्रिड र बायर्न म्युनिखबीच आज राति हुदै छ । बायर्न म्युनिखको घरेलु मैदानमा हुने यस खेलमा विश्व फुटबलका दुई महारथी क्लबबीच

रोमाविरुद्ध लिभरपुलले हान्यो ५ गोल, सलाह र फिर्मिनोले गरे २-२ गोल

काठमाण्डौँ । च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलको पहिलो लिगमा लिभरपुलले एएस रोमालाई पराजित गरेको छ । गएराती लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले रोमालाई ५-२ गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा