• २०८१ बैशाख १२ बुधबार

सिआईबीद्धारा एनसीसी बैंक प्रकरणमा पक्राउ परेका १३ को नाम सार्वजनिक

kharibot

काठमाडौं । बैकिङ कसुरको अभियोगमा नेपाल क्रेडिट एण्ड कर्मस बैंक (एनसीसी) का १३ जना व्यक्तिहरु पक्राउ परेकाछन । केन्दिय अनुसन्धान व्युरो (सिआईबी) ले आज शुुक्रवार ति व्यक्तिहरुलाई पक्राउ  गरेको हो । 

सिआईका अनुुसार पक्राउ पर्ने व्यक्तिहरुमा तत्कालीन एपेक्स बैंकका अध्यक्ष बिष्णुु प्रसादत धिताल सहितका १३ व्यक्तिहरु रहेकाछन । सिआईबीका अनुसार नेपाल क्रेडिट एण्ड कमर्स बैक लि. मा मिति २०७२।०८।११ गते मर्जरमा जाने सहमति पत्रमा हस्ताक्षर गरे पश्चात  मर्जरको फाइदा उठाउदै तत्कालिन  एपेक्स डेभेलपमेन्ट बैंकले दरबार मार्ग , लोकन्थली, इटहरी, सुर्खेत र नेपालगञ्ज शाखाहरूबाट  अनियमित  प्रक्रियाबाट कर्जा प्रवाह गरी  बैकलाई एक अर्ब ५० करोड ९६ लाख ३३ हजार नौ सय ८४ रुपैयाँ हानी नोक्सानी पुर्याईको थियो ।

सोही अभियोगमा ति व्यक्तिहरु पक्राउ गरिएको र उनीहरु उपरबैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान कार्य भैरहेको सिआईबीले जानकारी दिएको छ । 

सिआईबीका अनुसार अभियुुक्तहरुले कमशल धितो भिरालो पाखोबारी , बाटो नपुगेको जग्गाहरुको अधिक मुल्यांकन गरी कर्जा लगानी गरेको, कृतिम ऋणीहरु खडा गरिएको, निश्चित क्षेत्रको कमशल जमिनहरुमा विभिन्न ऋणीहरु खडा गरी कर्जा अधिकेन्द्रित गरेको, ऋणीको नक्कली आयस्रोत सम्बन्धी विवरणहरूलाई स्वीकृत गर्ने गरेको, मोटरबाटो नभएको भिरालो पाखो बारीहरु खेत वन क्षेत्र भएको जग्गाहरुमा बाटो भएको प्रमाणित गरेको, धितो निरीक्षण कर्जा निर्णय जग्गा किनबेच,रोक्का, कर्जा तमसुक,कर्जा प्रवाह एकै दिनमा गरेको, कमशल जग्गाहरु धेरै टुक्रा पार्ने र धेरै ऋणीहरुको नाममा धेरै कर्जा दिने गरेको, कर्जा तमसुकहरुमा एकल ऋणीको मात्र सहीछाप गराई साक्षीहरु समेत नराखी कर्जा दिएको, सावा र ब्याज नियमित रुपमा भुक्तान नगरेका ऋणीहरुलाई पून दोस्रो कर्जा प्रवाह गरेको, एउटै व्यक्तिहरु संचालक हुने र पुराना खराब ऋणीहरूलाई संरक्षण गरेको, सर्वसाधारण निक्षेप कर्ताको निक्षेपको सुरक्षालाई भन्दा ऋणीको सुविधालाई ध्यान दिई कर्जा दुरुपयोग गरेको तथा अधिकांश धितो मुल्यांकन प्रतिवेदनहरु यथार्थपरक नरहेको अभियोग रहेको छ । 

यि हुुन पक्राउ पर्ने व्यक्तिहरु 


१        विष्णु प्रसाद धिताल    तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको अध्यक्ष 
२        ईच्छा बहादुर गुरुङ    तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको संचालक
३        सुवर्ण राज भण्डारी,     तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको संचालक
४        मधुवन लाल श्रेष्ठ    तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको संचालक
५        ऋषी राज भट्ट     तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको निमित्त कार्यकारी अधिकृत 
६        दुर्गा दत्त जोशी,     तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको वरिष्ठ प्रबन्धक 
७        रामचन्द्र्र बसौला    तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको सहायक महाप्रबन्धक
८        बिकास श्रेष्ठ    तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको शाखा प्रबन्धक
९        सागर नेउपाने    तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको लोकन्थली शाखा प्रमुख 
१०        मान ब. राउत    तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको शाखा प्रबन्धक
११        विनित मणि उपाध्याय    तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको सहायक महाप्रबन्धक 
१२        मोहन खरेल    तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको कर्जा अधिकृत
१३        सुदिप थापा    तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको शाखा प्रबन्धक


(श्रोत केन्द्रिय अनुसन्धान व्युरो) 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै