• २०८१ बैशाख १२ बुधबार

स्त्री रोग सम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

kharibot

काठमाडौं । गोरखाको अजिरकोट गाँउपालिका ४ सिम्जुङमा स्त्री रोग सम्बन्धी निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

उक्त शिविर भुमे जनकल्याण समाज तथा स्वास्थ्य चौकीको सयुक्त आयोजनामा हुन लागेको हो । सिम्जुङ स्वास्थ्य चौकी परिसरमा हुने शिविरमा भिडियो एक्सरे सहितको सेवा दिन आयोजकले बताएका छन् ।

चैत २० र २१ गते सञ्चालन हुने २ दिन शिविरमा मेडिकल परीक्षण पश्चात थप उपचार गर्नु पर्ने विरामीलाई शुभेक्षा इन्टरनेशनल हस्पिटलमा सहुलीयत दरमा विशेष छुटका साथ उपचार गरिने व्यवस्था पनि गरिएको छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै