मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा प्रद्युमन पोखरेल नियुक्त

खरीबोट

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल

ad

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.को संचालक समितिको बैठकले बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा विभिन्न बाणिज्य बैंकहरुमा लामो समय अनुभव हासिल गरि २०७३ मंसिर १९ गते बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत प्रद्युमन पोखरेललाई आगामी चार वर्षको लागि नियुक्त गरेको छ । 

बाणिज्य शास्त्रमा स्नातकोत्तर हासिल गरेका पोखरेलले सन् १९९१ मा नबिल बैंकबाट आफ्नो बैंकिङ्ग क्यारियर सुरु गरेका थिए ।

करिब १९ वर्ष नबिल बैकका विभिन्न विभागहरुको जिम्मेबारी बहन गर्दै करिब सन् २०१० देखि सन् २०१६ सम्म मेघा बैंक नेपाल लिमिटेडमा सहायक महाप्रबन्धकका रुपमा कार्यरत पोखरेल सन् २०१६ अर्थात २०७३ मंसिर १९ गतेदेखि यस बैंकको नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत रहेका थिए । 

बैंकको स्थापना कार्यकाल देखि नै प्रमुख कार्यकारी अधिकृत रहेका भरतराज ढकालको कार्यकाल २०७५ को बैशाख मसान्तमा समाप्त हुन गएको हुँदा पोखरेललाई प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरिएको हो ।

पोखरेलको कार्यकाल २०७५ जेष्ठ १ गते देखि लागु हुने छ भने सो समयसम्म ढकाल नै प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत रहने छन् । 
 
 

सम्बन्धित समाचार

मुक्तिनाथ विकास बैंक र रिद्धि सिद्धिज्वेलर्सबीच सहकार्य

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र रिद्धि सिद्धि ज्वेलर्स, न्युरोड काठमाण्डौंबीच मुक्तिनाथ भिसा डेविट कार्ड प्रयोग गर्ने ग्राहकहरुलाई सुनको बनाउदा वा खरीद गर्दा २० प्रतिशतसम्म छुट तथा हिराको गहनामा १५

मुक्तिनाथ विकास बैंक र जनप्रिय बहुमुखि क्याम्पसबीच सम्झौता

पोखरा । मुक्तिनाथ विकास बैंक र जनप्रिय बहुमुखी क्याम्पस पोखराबीच मानव संसाधन व्यवस्थापन गर्ने गरी एक आपसमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  उक्त सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकलाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापन

मुक्तिनाथ विकास बैंक र दीर्घायु गुरु हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सहकार्य

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र दीर्घायु गुरु हस्पिटल एण्ड रिसर्च सेन्टर, मित्रपार्कबीच बैंकका ग्राहकहरुलाई अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  उक्त सम्झौतापत्रमा मुक्तिनाथ विकास

मुक्तिनाथ विकास बैंक र एडभान्सड अटो मोबाइल्सबीच सम्झौता

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले रेनाअल्ट कम्पनीको सवारी साधनको अधिकृत विक्रेता विशाल ग्रुप अन्तर्गतको थापाथली काठमाडौंस्थित एडभान्सड अटो मोबाइल्ससँग रेनाअल्ट ब्राण्डका विभिन्न मोडेलका सवारी साधन लगानी गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर