• २०८१ बैशाख १४ शुक्रबार

बिना दाईजोको विवाह

kharibot

बारा । परंपरागत कु–संस्कृतिलाइ चुनौति दिदै मगंलवार चौधरी समुदायका एक युवकले विना दाइजो विवाह गरेका छन् । बाराको बारागढीका युवक करैयामाई गाउँपालिका प्रमुख प्रशासकीय आमाद चौधरीले बारागढिकी एक युवती सँग दाईजो नलिईकन विवाह गरेका हुन् ।

चौधरीले बारागढी घर भएकी सरिता चौधरी सँग दाईजो नै नलिई विवाह गरेका हुन् । तराइ–मधेश क्षेत्रमा मधेशी समुदायमा विवाह गर्न केटा पक्षले किटान गरी केटी पक्षसँग नगद र जेन्सी दाईजो माग्ने प्रचलन रहेको छ । तर चौधरीले बेहुलीतर्फबाट दिन तयार भएको केहि पनि सम्पती नलिई सामान्य रुपमा विवाह गरेका छन । केटा पक्षबाट दाईजो नलिने र केटी पक्षले पनि दाई दाईजो नदिने भन्ने समझादारी अनुसार विवाह गरिएको बताइएको छ ।

मुलुक २१औं शताब्दीमा प्रवेश गरिसक्दा समेत १८औं शताब्दीका कू–साँस्कृतिक नीति नियम अन्त्य गनुपर्ने संदेश सहित लेनदेन बिनाको विवाह गरिएको चौधरीको भनाई छ ।

दाइजोलाई बेहुलीतर्फबाट बेहुलालाई विवाह गरेर जाँदा दिइएका उपहारका रूपमा अत्यन्त हलुका ढंगले लिएकोमात्र पाइन्छ । सतहमा त्यस्तो देखिए पनि गहिराइ भने अत्यन्त भयानक र दर्दनाक छ । किनकि दाइजो सामान्यरूपमा उपहारजस्तो बुझिन्छ । उपहार त दिए पनि हुन्छ र नदिए पनि हुन्छ । तर दाइजो त सदियौँदेखि हाम्रो समाजमा एक कुप्रथाका रूपमा जरा गाडेको आमाद चौधरीले बताए । 

चौधरी करैयामाई गाउँपालिका बारामा प्रमुख प्रशासकीय पदमा कार्यरत रहदाँ उनले गापाको आथिक वर्ष २०७४।०७५ को नीति तथा कार्यक्रममा समेत दाइजो प्रथा र बालविवाहलाई न्युनीकरण गर्ने नीति राखे । जनप्रतिनिधिज्यूहरुलाई समेत दाइजो र बालविवाह विरुद्ध अभियानलाई सफल पार्न आफैबाट सुरुवात गर्नुपर्छ भनेर उत्साहित गर्ने गरेको बताए । 

यता दाइजो केही जिन्सी नलिने भनेपछि केटी पक्ष आश्चर्यमा परेको र यो असम्भव भनेर केही नदिदाँ हाम्रो बेइज्ज हुन्छ जस्तै लागेको बेहुली सरिता चौधरीले बताईन । उनले भनिन दाइजो माग्न समय लग्दैन तर दिन्छु भन्दा पनि लिन मान्नु भएन । 

हाम्रो समाजमा यस्ता दाईजोका कारण धरै घटनाहरु घटेका छन । हाम्रो समाजमा शिशाको कमि तथा कू साँस्कारका करण दाईजो प्रथाले स्थान पाउँदै आएको स्थानिय चन्देश्वर चौधरीले बताए । 

यस्तै सरकारले निति नियम नबनाको नि होईन, कानुन छ तर जनचेतना मुलक कार्याक्रम सदरमुकामै केद्रीत हुदा स्थानिएले यसको अनुभुति र शिशा बाट बन्चीत भएको इन्दु चौधरीले बताईन । उनले दाईजोका कारण विवाह पछि हुने शाररिक र मान्सिक यताना समेत हुने गरेको बातईन ।

यसर्थ यस जोडिलाई उदारण मान्दै आज सबैले भन्नुपर्छ कि दाइजो प्रथा होइन, यो एक कुप्रथा हो । यो एक सभ्य समाजको बाधक हो । यसको निवारणका लागि विभिन्न नियम कानुन नबनेका पनि होइनन् । नेपालको संविधान २०७२ले महिलालाई आर्थिक, सामाजिक तथा राजनीतिकरूपमा समान हुनुपर्ने परिकल्पना गरेको छ । 

यसरी लैंगिक समानताको बाटोमा हिँडेको समाजमा विवाहको समयमा भने दाइजो प्रथालाई प्रथलनमा ल्याइनु आफैँमा विरोधाभाष हो । त्यसैले कानुनका पन्नाहरुमा मात्र सीमित नभई व्यवहारमै हामीले दाइजो कुप्रथालाई समाजबाट निराकरण गर्नुपर्ने, आमाद चौधरी जस्तै गरि विवाह गरि दाइजो प्रथाको अन्त्य गर्न जरुरी देखिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै