• २०८१ बैशाख ६ बिहीबार

साउदी अरबले दियो परमाणु हतियार बनाउने धम्की 

kharibot

काठमाडौँ । साउदी अरबले परमाणु हतियार बनाउने चेतावनी दिएको छ । साउदीले यदि इरानले परमाणु हतियार बनाएमा आफुले पनि बनाउने चेतावनी दिएको हो । साउदीका राजकुमार मोहमद बिन सलमानले यस्तो चेतावनी दिएका हुन् ।

अमेरिकी टिभी च्यानल सिबिएससँग कुराकानी गर्दै राजकुमार सलमानले साउदीले परमाणु हतियार राख्न नचाहेको तर इरानले परमाणु बम बनाएमा आफुहरुले पनि छिटै यस्तो गर्न सक्ने बताए ।

सन् २०१५ मा भएको विश्वका कैयौ मुलुकहरुसँगको सम्झौता अनुसार इरानले परमाणु हतियार बनाउन बन्द गरेको थियो ।

मध्यपूर्वमा साउदी अरब र इरानको पुरानो दुश्मनी रहदै आएको छ । दुवै देह्स्म इस्लामको अलग-अलग धारको प्रभुत्व रहेको छ । साउदीमा सुन्नीको प्रभाव छ भने इरानमा शियाहरुको प्रभाव रहेको छ ।

पछिल्लो समय यमन र सिरियामा जारी युद्धका कारण फेरी साउदी र इरान आमने सामने भएका छन् । साउदी अरबमा सत्ताका वारिश मानिएका राजकुमार सलमान अहिले रक्षा मन्त्री रहेका छन् । रक्षा मन्त्री भएपनि सरकारका महत्वपूर्ण निर्णय सलमानले नै गर्दछन । साउदीमा महिलालाई अधिकार दिने र अन्य क्षेत्रमा आम सुधारका लागि राजकुमार सलमानले व्यापक काम गर्दै आएका छन् ।

अन्तर्वार्तामा सलमानले इरानका प्रमुख नेता अयोतुल्लाह अलि खम्नेईलाई मध्यपूर्वका नयाँ हिटलरको संज्ञा दिएका छन् । 

अहिले साउदी अरब अमेरिक को प्रमुख सहयोगीको रुपमा रहेको छ । उसले सन् १९८८ मा नै परमाणु हतियार अप्रसार सन्धिमा हस्ताक्षर गरेको थियो । परमाणु अप्रसारसन्धिमा हस्ताक्षर गरेपनि साउदीलाई पाकिस्तानमा परमाणु हतियारमा लगानी गरेको आरोप भने लाग्दै आएको छ ।

 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै