• २०८१ बैशाख ८ शनिबार

शुक्रबार त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरु बन्द हुने

kharibot

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले पूर्वउपकुलपति डा गोविन्द शर्माको निधनमा शोक मनाउन शुक्रबार देशभरका आंगिक क्याम्पसमा बिदा दिने भएको छ । 

उनको रुसको सेन्ट पिटर्सबर्गमा कलेजोको शल्यक्रियापछि गए राति ७५ वर्षका उमेरमा निधन भएको हो । 

विसं २०५९ मा उपकुलपति भएका डा शर्माको शव आज काठमाडौँ ल्याई त्रिवि स्मृति भवनमा शोकसभा गरिएपछि शुक्रबारका लागि बिदा दिइएको रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिए । उनका अनुसार पूर्वघोषित परीक्षाका कार्यक्रम भने यथावत् रहनेछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै