• २०८१ बैशाख ८ शनिबार

नेपालले एकदिवसीय मान्यता पाउने पक्का, एकदिवसीय मान्यताले के फाइदा हुन्छ ?

kharibot

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा एकदिवसीय मान्यता पाउने पक्का भएको छ । 

नेपालले पिएनजीलाई ६ विकेटले पराजित गरेको अवस्थामा नेदरल्याण्डले हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालले एकदिवसीय मान्यता पाउने भएको हो । 

विश्वकप छनौटको सुपर सिक्समा पुग्न असफल भएको नेपालले प्रतियोगितामा कमब्याक गर्दै लगातार दुई खेल जितेर एकदिवसीय मान्यता पाउन सफल भएको हो ।

नेपालसँगै तीन एशोसियट्स राष्ट्र स्कटल्याण्ड र युएईले विश्वकप छनौट चरणमा उत्कृष्ट तीन एशोशियट्स राष्ट्रले २०२२ सम्मका लागि एकदिवसीय मान्यता पाउने भएका छन् ।

नेपालले अब सातौ स्थानको लागि नेदरल्याण्डसँग खेल्ने छ ।

एकदिवसीय मान्यताले के फाइदा हुन्छ ?

एकदिवसीय मान्यता पाउने भएसँगै नेपाली क्रिकेटले ठुलो फड्को मार्ने विस्वास गरिएको छ । 

एकदिवसीय मान्यता टिमलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसि) ले वार्षिक ७ देखि ८ करोड रूपैयाँसम्म बजेट छुट्याउने, जसले उत्कृष्ट तथा नियमित प्रशिक्षण,  भ्रमण,  खेलाडीको भत्ता तथा अन्य सुविधा लागि नेपाललाई आर्थिक सहजीकरण हुनेछ  भने वार्षिक क्यालेन्डरमा निकै कम अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने नेपालका लागि नियमित रूपमा ठूला प्रतियोगिता विश्व क्रिकेट लिग च्याम्पियनसिप, इन्टर कन्टिनेन्टल कप जस्ता प्रतियोगिता खेल्न पाउनेछ । 

साथै टेष्ट राष्ट्र सम्मिलित एसिया कप जस्तो ठूलो प्रतियोगितामासमेत नेपालको सहभागिता सहज हुनसक्छ। यस्तै नेपाल आईसीसीको एक दिवसीय वरियतामा पनि पर्नेछ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै